सोमबार अमेरिकी हिपपका लागि पक्कै खराबको दिन हुन सक्छ। धेरैले आफ्नो आदर्श मानेका र्याप सङ्गीतका किङ सियन ‘डिडी’ कम्ब्सको सुनुवाइ सुरु हुँदै छ। अदालतमा उनलाई उपस्थित गराइएपछि उनको सुनुवाइ हेर्न अदालतले सबैलाई खुला गरेको छ। तीन दशक अघि हिपपको दुनियाँमा उदाएका एक सनसनी पूर्ण नाम तीन दशकपछि अनेकौँ मुद्दा र अभियोग सहित अदालतमा उपस्थित हुने छन्।
उनी माथि कति अभियोग पुष्टि हुने भन्ने अदालतको ठहर हुन सक्छ, मुद्दाका प्रकृति, अहिलेसम्म प्रत्यक्षदर्शीले दिएको बयान र सार्वजनिक भएको भिडियोले सेलिब्रेटी मिस्टर कम्ब्सको लोकप्रिय जीवनको पर्दा पछाडिका धेरै भाग आङ नै सिरिङ्ग हुने किसिमका देखिन्छन्।
उनी माथि ठगी, षडयन्त्र, यौन ओसार पसार र वेश्यागमनका लागि मानिसलाई प्रेरित गर्ने लगायतका अभियोग लागेका छन्। यी अभियोग पुष्टि भएमा उनको बाँकी जीवन जेलमा नै बित्ने छ। कम्ब्सले भने आफूमाथि लागेका आरोपहरू अस्वीकार गरेका छन्।
पफी, पफ ड्याडी, पी डीडी लभ र ब्रदर लभ लगायत अनेकौँ नाम भएका कम्ब्सको उदय हिपपको दुनियाँमा सन् १९९० को दशकमा भएको हो। उनको सुरुवाती दिनको सङ्गीतको सफलतामा मेरी जे ब्लीग र क्रिस्टोफर वालेस, आका बि स्मल र नोट्रिरियस बिएलजीको सफलता पनि सँगै भएको हो। उनको साङ्गीतिक संस्था ब्याड ब्वाय रेकर्डले त सन् १९९० मा सनसनी नै फैलाएको थियो। उनले सोही ब्यान्डबाट फेथ इभान्स, एमएइ, ११२, मारिए केरी र जेनिफर लोपेज लगायतलाई रेकर्ड गराएका थिए।

सङ्गीत बाहेक अन्य क्षेत्रमा कम्ब्सको सानदार व्यापारिक जीवन थियो। फ्रान्सेली भोड्का ब्रान्ड सिरोकको प्रमोसन गर्नका लागि उनले ब्रिटिस पेय पदार्थ कम्पनी डिएजियोसँग सम्झौता गरेका थिए।
सन् २०२३ मा उनले पाँचौँ रेकर्डको रूपमा एल्बम अफ द ग्रिड बजारमा ल्याए। पहिलो पटक ग्रेमी अवार्डका लागि उनको एकल गीत नोमिनेसनमा परेको थियो। एमटीभी अवार्डका लागि उनी ग्लोबल आइकन घोषित भएका थिए।
सङ्घीय अपराधका केसमा उनले केही जटिल केसको सामना गरी रहेका छन्। उनीमाथि ठगीको मुद्दा छ भने यौन ओसारपसारका दुई तथा यौन कार्यका संलग्न हुन प्रेरित गरेको दुई अभियोग छन्। उनी माथिका धेरै अभियोग भने डगी प्रकरणसँग सम्बन्धित छन्। अपहरण, लागु पदार्थ, महिलालाई धम्क्याउने लगायत अन्य अभियोग पनि उनी माथि छन्।
लस एन्जलसस्थित उनको महलमा प्रहरीले गिरफ्तार गर्दा गलत गतिविधिका संलग्न रहेको प्रमाण सहित धेरै जनालाई भेटेको थियो। साथमा लागु औषध र बेबी ओयलका हजार बोतल भेटेको थियो। उनी माथि अझै यौन दुर्व्यवहार र बलात्कारका हजारौँ मुद्दा छन्।
यी मुद्दा हेरिरहेको टेक्ससका कानुन व्यवसायी टोनी बुज अमेरिकाका दुई भन्दा बढी महिलाले यी गायकको विरुद्धमा मुद्दा दर्ता गरेको बताउँछन्। सन् २००३ मा कोम्ब्स सहितले सामूहिक बलात्कार गरेको भन्दै सन् २०२३ मा एक महिलाले मुद्दा दर्ता गरेकी थिइन्। सो समयमा १७ वर्षकी मात्र भएकी उनलाई धेरै मात्रामा लागुऔषध र रक्सी दिइएको थियो।

उनी पछिल्लो समय आफ्नै प्रेमीका कासारा कान्छुराले जर्बजस्ती गरेको आरोपमा अदालतमा मुद्दा दर्ता गरेका कारण विवादमा आएका थिए। सन् १९९१ देखि यस्ता धेरै विषयमा केन्द्रित भएर उनीमाथि थुप्रै मुद्दा दर्ता भएका छन्। उनले भने यी सबैलाई अस्वीकार गरेका छन्।
सन् २०२४ मा एउटा सिसिटिभी फुटेज बाहिर आएपछि उनी अझै धेरै विवादमा आएका थिए। सन् २०१६ मा होटेलको कोठामा उनले लात्ती प्रहार गरे पछि उनको पूर्व प्रेमिका भुईँमा पछारिएको दृश्य सार्वजनिक भएको थियो।
सो समयमा भएको घटना भने उनले माफी मागी सकेका छन्। उनले सो समयमा आफू अनियन्त्रित हुँदै सो घटना भएको बताएका छन्।

कब्मसले आफूमाथि लागेको आरोप बारम्बार अस्वीकार गर्दै उनका कानुन व्यवसायीले पनि अदालती निर्णयको सम्मान गर्दै उनी निर्दोष साबित हुनेमा विश्वास व्यक्त गरेका छन्। उनको जीवनमा अन्य धेरै विषयमा पनि अदालतमा छलफल हुने छ।
१६ सेप्टेम्बर २०२४ मा गिरफ्तार भएयता न्यु योर्क ब्रुकलिन महानग जेलमा उनी रहेका छन्। जेल भित्रको अवस्था रहेको भन्दै उनका वकिलले बारम्बार रिहाइका लागि अपिल गरेका छन्। जेलमा धेरै हिंसाका घटना हुने, कम कर्मचारी भएको तथा धेरै भीड भएको जनाइएको छ। अदालतले उनको धरौटीलाई अस्वीकार गरेको छ। जेल प्रशासनले उनले जेल भित्र बाट नै बारम्बार साक्षीलाई प्रभावमा पार्न प्रयास गरेको बताएको छ।
उनी विरुद्धको सुनुवाइ ५ मेमा सुरु हुने छ। पहिलो दिन बेन्चको तय हुने छ। न्यायिक प्यानलको तय भएपछि उनी विरुद्धको सुनुवाइ सुरु हुने छ। अभियोजक एमेली जोन्सनले यो मुद्दामा उपस्थिति जनाउन तीन साता लामो समय लाग्ने बताएका छन्।
उनको पक्षधरका वकिल मार्क अग्निफिलोले यसका लागि केही साता काम गर्नु पर्ने बताए। उनी विरुद्धको सुनुवाइ सर्वसाधारण तथा सञ्चारकर्मीका लागि खुला हुने छ। जेलबाट स्ट्रिम भने हुने छैन। अदालतमा प्राय मोबाइल फोन र क्यामरा वर्जित हुने गर्छ।
५५ वर्षीय कम्ब्स गत वर्ष गिरफ्तार भएका थिए। सुरुवातमा उनलाई यौन ओसार पसारको आरोप लागेको थियो। छानबिनकै क्रममा उनी माथि अनेकौँ अभियोग लागेको थियो।
उनीमाथि ठगी र षडयन्त्रको अभियोग पुष्टि भएमा आजीवन कारावासको सजाय हुने छ। यौन ओसार पसारको आरोप पुष्टि भएमा १५ वर्ष तथा यौन व्यवसायी लेनदेनको अभियोग पुष्टि भएमा १० वर्षको जेल सजाय हुने छ।
५५ वर्षीय कम्ब्स गत वर्ष गिरफ्तार भएका थिए। सुरुवातमा उनलाई यौन ओसार पसारको आरोप लागेको थियो। छानबिनकै क्रममा उनी माथि अनेकौँ अभियोग लागेको थियो। अबको केही साता क्राइम फिल्मको दृश्य जस्तै लाग्ने अदालतको त्यो दृश्य हेर्न सोमबारदेखि धेरै जनाको भीड लाग्न सक्छ।
स्रोत : एबिसी न्युज, बिबिसी
प्रतिक्रिया