स्पेनिस ला लिगा : उपाधि नजिक बार्सिलोना « Khabarhub

स्पेनिस ला लिगा : उपाधि नजिक बार्सिलोना


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक गोलले पछि परेको बार्सिलोनाले रियल भालाडोलिडमाथि २-१ को कमब्याक जित हता पार्दै स्पेनिस ला लिगाको अंक तालिकामा सात अंकको अग्रता कायम गर्न सफल भएको छ।

छैटौँ मिनेटमा इभान साँचेजको गोलमा अग्रता लिएको भालाडोलिडको विरुद्धमा बार्सिलोनाका राफिन्हा र फर्मिन लोपेजले दोस्रो हाफमा ६ मिनेटमा अन्तरतमा गोल गरेका हुन्।

इन्टर मिलानसँग हुने च्याम्पियन्स लिगको दोस्रो लेग सेमिफाइनलमा ध्यानमा राख्दै बार्सिलोनाले सुरुवातमा नै पहिलो रोजाइका खेलाडीलाई आराम दिएको थियो।

५४ औँ मिनेटमा राफिन्हाको गोलमा खेलमा फर्किएको बार्सिलोनाका लागि ६० औँ मिनेटमा लोपेजले गोल गरे। राफिन्हाको गोल ला लिगामा यो सिजनको १६ औँ गोल हो।

स्पेनिस ला लिगाको अन्य खेलमा एट्लेटीको म्याड्रिड र डेपोर्टिभो अल्भासको खेल गोलरहित बराबरी भयो। अर्को खेलमा भिल्लारियलले ओसासुनालाई ४-२ ले हरायो। भ्यालेन्सियाले लास पल्माससँगको खेलमा ३-२ को सफलता पायो। तालिकामा ३४ खेल खेलेको बार्सिलोनाको ७९ तथा ३३ खेल खेलेको रियल म्याड्रिडको ७२ अङ्क छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : ४० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर