बर्कशर हाथावेको प्रमुख कार्यकारी पद त्याग्ने ९४ वर्षीय वारेन बफेटले १३ वर्षमै तिरेका थिए कर « Khabarhub

बर्कशर हाथावेको प्रमुख कार्यकारी पद त्याग्ने ९४ वर्षीय वारेन बफेटले १३ वर्षमै तिरेका थिए कर


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेट्रान अमेरिकी लगानीकर्ता वारेन बफेटले लगानी व्यवस्थापन कम्पनी बर्कशर हाथावे कम्पनीको प्रमुख कार्यकारी पद त्याग गर्ने भएका छन् । ९४ वर्षीय बफेटले उक्त कम्पनीको वार्षिक बैठकमा यस्तो घोषणा गरेका हुन् ।

बफेट विगत ६० वर्षदेखि बर्कशर हाथावे कम्पनीको प्रमुख कार्यकारी पदमा थिए । अब उनले कम्पनीका उपाध्यक्ष ग्रेग अबेललाई पद सुम्पिने भएका छन् ।

उनले यस वर्ष २०२५ को अन्त्यदेखि पद त्याग गर्ने जनाइएको छ । यद्यपि कम्पनीको महत्वपूर्ण निर्णयहरुमा आफ्नो सल्लाह र सहयोगले निरन्तरता पाउने उनको भनाइ छ ।

अमेरिकी आर्थिक अखबार फोर्ब्सका अनुसार बफेटको कुल सम्पत्ति १ खर्ब ६८ अर्ब अमेरिकी डलर छ ।

६२ वर्षीय ग्रेग अबेल सन् २०१८ देखि कम्पनीको उपप्रमुखको पदमा छन् । सन् २०२१ मा उनलाई बफेटको उत्तराधिकारी चयन गरिएको थियो ।

सन् १९३० मा ओमाहामा जन्मेका बफेटले सानै उमेरदेखि लगानी गर्न थालेको बताइन्छ । ११ वर्षको उमेरमा उनले आफ्नो जीवनकै पहिलो लगानी गरेका थिए । त्यस लगानीबाट उनले ४.६ प्रतिशत नाफा आर्जन गरेका थिए ।

फोर्ब्सका अनुसार उनले १३ वर्षको उमेरमा नै सरकारलाई पहिलो पटक कर तिरेका थिए । किशोरावस्थामा उनले पत्रिका बेच्ने गर्थे । १६ वर्षको उमेरमा उनले ५३ हजार डलर कमाइसकेका थिए ।

सन् १९५० को दशकमा केही वर्ष आफ्नै बाबुको बफेट–फाल्क कम्पनीमा लगानी बिक्रेताको काम गरेका उनले सन् १९५४ मा ग्राहम–न्युम्यान कम्पनीमा सुरक्षा विश्लेषकको काम गरेका थिए ।

सन् १९६० सम्म आइपुग्दा उनको सम्पत्ति १० लाख डलरभन्दा धेरै भइसकेको थियो । त्यसबेला उनले बर्कशर हाथावे नामक टेक्सटाइल उत्पादन कम्पनीको पनि शेयर खरिद गरेका थिए ।

टेक्सटाइल उत्पादनमा सक्रिय हाथावेले बफेटको आगमनसँगै बीमा, घरजग्गा तथा अन्य वित्तीय कारोबारमा पनि हात हाल्यो । अहिले बर्कशर हाथावेलाई अमेरिकाको सफलतम् लगानी व्यवस्थापन कम्पनी मानिन्छ ।

हाल यस कम्पनीको कुल बजार मूल्य ११ खर्ब अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ ।

उनी अर्का अर्बपति बिल गेट्सका मिल्ने साथी हुन् । उनीहरुबीच लामो समयदेखि दोस्तीयारी रहेको बताइन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : ३१ बजे

बजेटले सम्बोधन नगरेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटले सम्बोधन

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड

नुवाकोट– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८