स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ : गृहमन्त्री « Khabarhub

 स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ : गृहमन्त्री


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले स्टाफ कलेजमा पढाइ हुने कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण र सङ्गठनलाई असल नेतृत्व प्रदान गर्ने बताएका छन् । 

आज बिहान काठमाडौँमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेजले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । 

‘आज नेपाल प्रहरीका लागि महत्त्वपूर्ण र ऐतिहासिक दिन हो । राष्ट्र सेवामा समर्पित प्रहरीले गर्दै आएको काममा एउटा थप राम्रो काम भएको छ’, गृहमन्त्री लेखकले भने, ‘यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादी छु ।’

गृहमन्त्री लेखकले कलेजबाट प्रहरीमा व्यावसायिकता, प्रतिबद्धता, इमानदारिता र कामप्रति समर्पित, सीप, ज्ञान, क्षमता र दक्षता भएको जनशक्ति उत्पादन हुने बताए । 

विसं २०७० मा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागू गरिएको प्रहरीले जनाएको छ । उक्त ब्याचबाट १७ जना उत्तीर्ण भएका थिए । प्रहरी सेवालाई आधुनिकीकरण, नेतृत्व क्षमताको विकास र अधिकृतलाई बदलिँदो सुरक्षा परिवेशसँग जुध्न सक्षम बनाउन स्टाफ कलेज कोर्स एक रणनीतिक कदम भएको जनाइएको छ । 
 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ३७ बजे

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।