प्रेम आलेले भने- पोखरा विमानस्थलमा सिधै ८ अर्ब भ्रष्टाचार भएको छ, प्रतिवेदनबारे प्रश्न उठाउन पाइँदैन « Khabarhub

प्रेम आलेले भने- पोखरा विमानस्थलमा सिधै ८ अर्ब भ्रष्टाचार भएको छ, प्रतिवेदनबारे प्रश्न उठाउन पाइँदैन


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेम आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारेको अनुसन्धान प्रतिवेदनमा सार्वजनिक लेखा समितिले प्रश्न उठाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

समाजवादीका नेतासमेत रहेका आलेले आफूहरुले ९ महिनासम्म मिहिनेत गरेर ल्याएको पोखरा विमानस्थल निर्माणबारेको प्रतिवेदनबारे केही नेताहरूले भ्रष्टाचारीको पक्षपोषण गर्नेगरी सञ्चारमाध्यममा बोलेकोसमेत बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित संसदीय उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको जिकिरसहित प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमाथि नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल सभापति रहेको सार्वजनिक लेखा समितिले नै अविश्वास गरेको भन्दै आलेले आपत्ति जनाए ।

पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले १४ अर्ब रुपैयाँको पोखरा विमानस्थल निर्माणको ठेक्का सार्वजनिक खरिद ऐनविपरीत २२ अर्बसम्म पुर्‍याएर भ्रष्टाचार गरिएको दाबी गरे ।

‘कतिपय सञ्चारमाध्यममा समितिकै साथीहरूले भ्रष्टाचारीको पक्षपोषण गरेका छन् । त्यो कुराको पनि विचार गर्नुपर्यो नि माननीय सभापतिज्यू । हामीले ९ महिनासम्म मिहिनेत गरेर प्रतवेदन बनाएका छौँ’, उनले भने, ‘धन्यवाद त कहाँ छ, कहाँ छ ? उल्टो शंका गर्ने ? म भन्न चाहन्छु–१४ अर्बको ठेक्कालाई सिधै २२ अर्ब पुयार्‍इएको छ । ८ अर्ब भ्रष्टाचार भयो कि भएन ? यो निर्णय सार्वजनिक खरिद ऐनविपरीत भयो कि भएन ?’

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ३५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६