प्रेम आलेले भने- पोखरा विमानस्थलमा सिधै ८ अर्ब भ्रष्टाचार भएको छ, प्रतिवेदनबारे प्रश्न उठाउन पाइँदैन « Khabarhub

प्रेम आलेले भने- पोखरा विमानस्थलमा सिधै ८ अर्ब भ्रष्टाचार भएको छ, प्रतिवेदनबारे प्रश्न उठाउन पाइँदैन


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेम आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारेको अनुसन्धान प्रतिवेदनमा सार्वजनिक लेखा समितिले प्रश्न उठाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

समाजवादीका नेतासमेत रहेका आलेले आफूहरुले ९ महिनासम्म मिहिनेत गरेर ल्याएको पोखरा विमानस्थल निर्माणबारेको प्रतिवेदनबारे केही नेताहरूले भ्रष्टाचारीको पक्षपोषण गर्नेगरी सञ्चारमाध्यममा बोलेकोसमेत बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित संसदीय उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको जिकिरसहित प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमाथि नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल सभापति रहेको सार्वजनिक लेखा समितिले नै अविश्वास गरेको भन्दै आलेले आपत्ति जनाए ।

पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले १४ अर्ब रुपैयाँको पोखरा विमानस्थल निर्माणको ठेक्का सार्वजनिक खरिद ऐनविपरीत २२ अर्बसम्म पुर्‍याएर भ्रष्टाचार गरिएको दाबी गरे ।

‘कतिपय सञ्चारमाध्यममा समितिकै साथीहरूले भ्रष्टाचारीको पक्षपोषण गरेका छन् । त्यो कुराको पनि विचार गर्नुपर्यो नि माननीय सभापतिज्यू । हामीले ९ महिनासम्म मिहिनेत गरेर प्रतवेदन बनाएका छौँ’, उनले भने, ‘धन्यवाद त कहाँ छ, कहाँ छ ? उल्टो शंका गर्ने ? म भन्न चाहन्छु–१४ अर्बको ठेक्कालाई सिधै २२ अर्ब पुयार्‍इएको छ । ८ अर्ब भ्रष्टाचार भयो कि भएन ? यो निर्णय सार्वजनिक खरिद ऐनविपरीत भयो कि भएन ?’

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ३५ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग