यसरी फेरिँदैछ नागढुंगा-नौबिसे सडकको स्वरूप (तस्बिरहरू) « Khabarhub

यसरी फेरिँदैछ नागढुंगा-नौबिसे सडकको स्वरूप (तस्बिरहरू)


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार राति ११ बजेदेखि ३ बजेसम्म त्रिभुवन राजपथको नागढुंगा-नौबिसे सडकखण्ड बन्द हुने भएको छ।

यो सडकमा यातायात बन्द गरी निर्माणलाई तीव्र पारिने भएको छ । नागढुंगा- नौबिसे सडकखण्ड अन्तर्गतको पिप्लामोड क्षेत्रमा सडक मर्मत र सुधारका लागि सोमबारदेखि रातिको समयमा यातायात बन्द गरिने भएको हो ।

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) अन्तर्गत नागढुंगा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रे भइरहेको छ ।

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म सवारीसाधन आंशिक रूपमा रोकिने जनाएको छ ।

काठमाडौँबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने भएका छन् । नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने छ ।

आयोजनाले विकल्पमा सीतापाइला-भीमुढंगा-राम कोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न भनेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ५७ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।