यसरी फेरिँदैछ नागढुंगा-नौबिसे सडकको स्वरूप (तस्बिरहरू) « Khabarhub

यसरी फेरिँदैछ नागढुंगा-नौबिसे सडकको स्वरूप (तस्बिरहरू)


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार राति ११ बजेदेखि ३ बजेसम्म त्रिभुवन राजपथको नागढुंगा-नौबिसे सडकखण्ड बन्द हुने भएको छ।

यो सडकमा यातायात बन्द गरी निर्माणलाई तीव्र पारिने भएको छ । नागढुंगा- नौबिसे सडकखण्ड अन्तर्गतको पिप्लामोड क्षेत्रमा सडक मर्मत र सुधारका लागि सोमबारदेखि रातिको समयमा यातायात बन्द गरिने भएको हो ।

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) अन्तर्गत नागढुंगा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रे भइरहेको छ ।

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म सवारीसाधन आंशिक रूपमा रोकिने जनाएको छ ।

काठमाडौँबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने भएका छन् । नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने छ ।

आयोजनाले विकल्पमा सीतापाइला-भीमुढंगा-राम कोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न भनेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ५७ बजे

अपांगता भएका व्यक्तिलाई एनएमबि बैंकको सहायता सामाग्री

काठमाडौं– एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा

नवनिर्वाचित सांसदहरूको शपथ सुरू (लाइभ)

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम

हर्कले भने : सरकारको सकारात्मक काममा साथ दिन्छौँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।