वर्षमान र अग्निलाई साथमा राखेर वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड « Khabarhub

वर्षमान र अग्निलाई साथमा राखेर वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरेका हुन् ।

ओलीले प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग सङ्क्रमणकालीन न्यायमा केन्द्रित रहेर छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ । उक्त छलफलमा समसामयिक विषयमा पनि कुरा भइरहेको बताइएको छ ।

यो छलफलबारे प्रचण्डको सचिवालयले पनि पुष्टि गरेको छ । यो छलफलमा प्रमुख सत्तारूढ नेपाली कांग्रेस सहभागी छैन ।

यसअघि टीआसीबारे ओली, प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित त्रिपक्षीय छलफल हुने गरेको थियो ।

तर पहिलो पटक ओलीले माओवादी नेतृत्वसँग अलग्गै संवाद गरेका हुन् । दुई नेताबीचको यो संवादलाई अर्थपूर्ण मानिएको छ ।

यस भेटमा प्रधानमन्त्रीले मानव अधिकारसम्बन्धी सल्लाहकार एवम् एमाले नेता अग्नि खरेललाई सहभागी गराएका छन् । उता प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई साथमा राखेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले