कोलकाताविरुद्ध रियान परागले हाने लगातार ६ छक्का « Khabarhub

कोलकाताविरुद्ध रियान परागले हाने लगातार ६ छक्का


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ५३औँ खेलमा राजस्थान रोयल्सलाई २०७ रनको लक्ष्य दिएको छ।

कोलकताले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। कोलकाताले आईपीएलमा २९औं पटक २०० भन्दा बढी रन बनाएको हो।

जवाफी पारीमा राजस्थानले १७ ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाइसकेको छ। रियान पराग र शुभम दुबे क्रिजमा छन्।

रियान परागले लगातार ६ बलमा ६ छक्का हाने। उनले मोइन अलीको ओभरमा ५ र वरुण चक्रवर्तीको ओभरमा छैटौँ छक्का हाने। उनी आईपीएल इतिहासमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्।

शिमरोन हेटमायर (२९ रन) लाई हर्षित राणाले आउट गरे। वरुण चक्रवर्तीले वनिन्दु हसरंगा र ध्रुव जुरेललाई शून्यमा आउट गरे। मोइन अलीले यशस्वी जयसवाल (३४ रन) र डेब्यू खेलिरहेका कुनाल सिंह राठौर (शून्य) का विकेट लिए।

वैभव सूर्यवंशी (४ रन) लाई वैभव अरोडाले रहाणेको हातबाट क्याच गराए। अरोडाले यो १८औँ पटक बायाँहाते ब्याट्सम्यानलाई आउट गरेका हुन्।

केकेआरका तर्फबाट आन्द्रे रसेलले २५ बलमा ५७ रन बनाएर अविजित रहे। उनले ६ छक्का र ४ चौका हाने। रिंकू सिंह ६ बलमा १९ रन बनाएर अविजित रहे।

यी दुईबाहेक, अंगकृष रघुवंशीले ४४, रहमानुल्लाह गुरबाजले ३५ र कप्तान अजिंक्य रहाणेले ३० रनको योगदान दिए। जोफ्रा आर्चर, युद्धवीर सिंह, महीश तीक्षणा र कप्तान रियान परागले एक-एक विकेट लिए।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ७ : १८ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति