काठमाडौं – म्युजिक भिडियो निर्देशनमा स्थापित नवीन चौहानले आफ्नो परिचयन बिस्तार गरेका छन् । उनले फिल्म निर्देशनमा हात हालेका छन् । चैहानले बैशाख २६ गतेबाट प्रदर्शन हुन लागेकाे ‘ऊनको स्वीटर’ फिल्म मार्फत निर्देशनमा डेब्यू गरेका हुन् ।
यसअघि चौहानले गायक सुजन चापागाईंको ‘तीन पाते’ र ‘बाफ’ जस्ता गीतको म्युजिक भिडियोको निर्देशन गरेका थिए ।
उनकाे स्वीटरले सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा शीर्ष भूमिकामा रहेको फिल्म ‘जार’सँग बक्स अफिसमा भिडन्त गर्दैछ । याेसँगै चौहानको डेब्यू फिल्मले नै हलमा प्रतिस्पर्धा गर्ने भएको हो ।

ट्रेलरले दियो ‘जारी’को झल्को
गत वैशाख १६ गते कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम गरी ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको थियो ।
त्यहाँ प्रश्नोत्तरमा निर्देशक चौहानलाई ‘ऊनको स्वीटर’को ट्रेलरले जारी फिल्मको झल्को दियो नि ?’ भन्ने प्रश्न गरिएको थियो ।
निर्देशक चौहानले आफ्नो फिल्मको छायाङ्कन ‘जारी’ले गरेकै गाउँपालिकामा भएकाले ‘फ्लेवर’ आएको हुनसक्ने प्रतिक्रिया दिएका थिए ।
यो प्रतिक्रिया वा प्रश्न चौहानलाई सञ्चारकर्मीले मात्रै गरेका होइनन् । व्यक्तिगतरुपमा पनि आएको उनी आफैँ बताउँछन् ।
पुतलीसडकमा फिल्मबारे जानकारी दिन शनिबार आयोजना गरेको पत्रकार सम्मलेनमा उनले भने, ‘एकदमै हेभीरुपमा त होइन तर अलिअलि आए ।’
‘जारी’ र ‘ऊनको स्वीटर’ एकै परिवेशको कथा भएकाले अलिअलि सुगन्ध र स्वाद मिल्नु स्वभाविक भएको उनको तर्क छ ।
उनी स्पष्ट पार्छन्, ‘जारी फिल्म लिम्बू समुदायको कथा हो । हाम्रो फिल्म पनि त्यही समुदायको कथा हो । एकै ठाउँमा उम्रिएको दुई फिल्म भएपछि स्वाद र वास्ना नै नमिल्ने भन्ने हुँदैन होला ।’
‘जारीको झल्को आयो’भन्ने प्रतिक्रिया पाउँदा आफूलाई खुशी लागेको उनी बताउँछन् । एकै समुदायको परिवेश भए पनि ‘जारी’ र ‘ऊनको स्वीटर’को कथा भिन्न रहेको उनको दाबी छ ।
उनी थप्छन्, ‘यो फिल्मको कथा अन्य फिल्मसँग मिल्दैन । यो फिल्म हेर्दा थाहा भइहाल्छ । त्यही परिवेश र माटोमा टेकेर फरक परिचयको फिल्म दिनुपर्छ भन्नेमा त म सचेत नै छु ।’

विपीन भन्छन्– मेरो करिअरको उत्कृष्ट मध्येको फिल्म
विपीनका लागि ‘छड्के’, ‘हरि’, ‘नाका’, ‘पशुपतिप्रसाद’ ‘जात्रा’ सिरिज महत्त्वपूर्ण छन् । किनभने यी फिल्ममा उनले निर्वाह गरेको चरित्र दर्शकमाझ परिचित छन् ।
आफूले निर्वाह गरेको यति धेरै पात्र दर्शकमाझ स्थापित गराउने अवसर कमै कलाकारले पाउँछन् । सोहीकारण उनका लागि ती फिल्म विशेष छन् ।
अब भने आफूले विगतको काम हेर्दा सम्झन लायक फिल्मको सूचीमा ‘ऊनको स्वीटर’ थपिएको उनी बताउँछन् ।
उनी थप्छन्, ‘यो फिल्म यो चरित्र निर्माणको हिसाबले मात्रै होइन । कथालागयतक सबै कुराले उत्कृष्ट । तँलै विगतमा के काम गरिस् भन्ने प्रश्नको उत्तरको दिन पाँच फिल्मको सूची बनाउँदा यो पनि पर्छ ।’
विपीन ‘ऊनको स्वीटर’ गरेकामा यति सन्तुष्ट छन् कि यो दर्शक समक्ष नपुगी र व्यवासायिक नतिजा नआइन् आफ्नो उत्कृष्ट पाँच फिल्मको सूचीमा राख्न भ्याइसके ।
‘यदि यो फिल्म व्यवसायिक रुपमा फ्लप भयो भने ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘ चलेन भने म नैतिकरुपमा जिम्मेवार हुन्छ । अरु हिसाबले जिम्मेवार लिने उपयुक्त व्यक्ति म होइन । मैले निर्देशकले भनेको कुरा क्यामेरा अगाडि गर्ने हो । मेरो जिम्मेवारी अभिनय मात्रै हो । फिल्म चलाउन बाँकी मेरो ठूलो हात केहीमा हुँदैन ।’

पारस भन्छन्– ‘ऊनको स्वीटर’ सुरक्षित डेब्यू
एलेक्स पारस नृत्य पृष्ठिभूमिका कलाकार हुन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘फूल थुगेँ रानी’ चर्चित छ । उनले बलिउड र्यापर बादशाहको गीतको भिडियोको कोरियोग्राफी गरेका छन् ।
अर्थात्, पारसले म्युजिक भिडियोमा आफूलाई स्थापित गरिसेकेका ‘फेस भ्यालु’ भएका कलाकार हुन् । उनले यसैमार्फत् फिचर फिल्ममा डेब्यू गरेका हुन् ।
म्युजिक भिडियोमा फेस भ्यालु भएका कलाकार पारसले फिल्ममा सहायक भूमिकामार्फत् डेब्यू गरेका हुन् ।
‘किन लिड रोलबाट फिल्ममा डेब्यू गर्नुभएन ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘मलाई सुरक्षित डेब्यू नै यही फिल्म हो जस्तो महसुस भयो । प्रमुख वा सहायक भूमिकाले त्यस्तो ठूलो फरक नपार्ला ।’
आफूले यस फिल्मका लागि सक्दो मिहिनेत गरेको उनी बताउँछन् । पात्र निर्माणमा सहयोग होस् भनेर महिना गाउँमा बसेको उनी सुनाउँछन् ।
भन्छन्, ‘मलाई ग्रामिण परिवेश बारे थाहा थिए । फिल्ममा ग्रामिण पात्र निर्वाह गर्नु थियो । सोहीकारण म छायाङ्कन अघिको दुई महिना गाउँमै गएर बसेको थिएँ ।’
प्रतिक्रिया