बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६५ पैसा र बिक्रीदर १३७ रुपियाँ २५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ६० पैसा र बिक्रीदर १५६ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ४२ पैसा र बिक्रीदर १८५ रुपियाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ३३ पैसा र बिक्रीदर १६७ रुपियाँ ०६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ २१ पैसा र बिक्रीदर ८८ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ४५ पैसा र बिक्रीदर ९९ रुपियाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ०४ पैसा र बिक्रीदर १०६ रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०१ पैसा र बिक्रीदर १९ रुपियाँ ०९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४३ पैसा र बिक्रीदर ३६ रुपियाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६५ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २० पैसा र बिक्रीदर ३७ रुपियाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १९ पैसा र बिक्रीदर ३२ रुपियाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९३ पैसा र बिक्रीदर ९ रुपियाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २४ पैसा र बिक्रीदर १४ रुपियाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ८६ पैसा र बिक्रीदर २० रुपियाँ ९५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ४९ पैसा र बिक्रीदर ३६४ रुपियाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ९६ पैसा र विक्रीदर ३५६ रुपियाँ ५२ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : २७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका