मस्कले नै उठाए ट्रम्प नीतिविरुद्ध आवाज : कर विधेयक घिनलाग्दो भएको प्रतिक्रिया | Khabarhub Khabarhub

मस्कले नै उठाए ट्रम्प नीतिविरुद्ध आवाज : कर विधेयक घिनलाग्दो भएको प्रतिक्रिया


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा एलन मस्कले आवाज उठाएका छन्। निर्वाचन अभियानदेखि केही दिन अघिसम्म निकट सहयोगी रहेका अर्बपति मस्क नै अहिले ट्रम्पको विरुद्धमा आवाज उठाउन थालेका हुन्।

राष्ट्रपति ट्रम्पको कर र खर्चका लागि प्रस्तुत गरेको विधेयकलाई मस्कले घिनलाग्दो र घृणित कामको संज्ञा दिएका छन्।

सो ऐनमा धेरै ट्रिलियन कर छुट तथा खर्चको अधिकार दिइएको छ। रक्षाका धेरै खर्च गर्न छुट दिइएको छ भने सरकारले धेरै रकम माग्न पनि सक्छ। मे महिनामा यो विधेयक पारित भएको हो। मस्कले सामाजिक सञ्जालमा लेख्दै यसमा मतदान गर्न पनि शरम लाग्नु पर्ने कुरा उल्लेख गरेका छन्।

१२९ दिन डोगको रूपमा खर्च कटौती निकायमा रहेका उनले गत साता ट्रम्प प्रशासन छाडेका थिए। ट्रम्प प्रशासन छाडेपछि उनले पहिलो पटक यसरी आलोचना गरेका हुन्।

मे ३१ मा ट्रम्प प्रशासनबाट बिदा भएका दक्षिण अफ्रिकामा जन्मिएका बिलियिनर मस्कले राम्रो काममा भने सधैँ साथ दिने बताएका थिए।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ८ : १३ बजे

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले