जसपाले अवरोध गरेपछि मधेस प्रदेशसभा बैठक स्थगित | Khabarhub Khabarhub

जसपाले अवरोध गरेपछि मधेस प्रदेशसभा बैठक स्थगित


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ । प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ बजे बस्नेगरि स्थगित गरेका हुन् । 

जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभाको चौथो अधिवेशनको २२ औँ बैठकमा सभामुख मण्डलले छानबिन समिति गठन गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए । 

उनले सभामुख रामचन्द्र मण्डललाई सम्बोधन गर्दै भने, ‘सरकारद्वारा जुन गडबडी हुन्छ, आर्थिक अनुशासनको उलङ्घन हुन्छ, त्यसको नियन्त्रण गर्ने काम हो सदनको त्यसैले सर्वदलीय सहमतिबाट संसदीय छानबिन समिति गठन गर्ने निर्णय पनि तपाईँकै अध्यक्षतामा भयो । र तपाईँले घोषणा पनि गर्नुभयो । त्यस हिसाबले नै प्रतिपक्षी दलले समितिका लागि नाम पनि दिइसकेको छ तर सत्तापक्षले दिन चाहेको छैन । यसले प्रस्ट हुन्छ सरकार सदनप्रति उत्तरदायी छैन । सरल भाषामा भन्यो भने सरकार चाहन्छ भ्रष्टाचार होस् । प्रतिपक्षको आग्रह छ, छानबिन समिति गठन होस् ।’

उनले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध गर्ने भने । सभामुख मण्डलले आज करिब ३ घण्टा लगाएर यो विषयमा छलफल गरे पनि निष्कर्षमा पुग्न नसकेको भन्दै औपचारिक अनौपचारिक रूपमा बैठक बस्ने गरी यो विषयमा टुंगो लगाउन आजको बैठक स्थगन गरी जेठ २२ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ४ : ३० बजे

‘नायिकासँग टिकटक बनाउँदा श्रीमती रिसाउँछिन्’

काठमाडौं – ‘पाण्डे जी’ फिल्मका पर्दा पछाडिको ‘हिरो’ हुन् ।

राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लागौँ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनतामा देखिएको निराशा, आवेग

मुस्ताङमा नौ महिनामा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि

चाडपर्वले एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउँछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद्

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा– गोरखा दरबारको दशैँघरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको