तीन महिनामा दुई लाखभन्दा बढी अफगान आप्रवासी निष्कासित पाकिस्तानबाट फिर्ता « Khabarhub

तीन महिनामा दुई लाखभन्दा बढी अफगान आप्रवासी निष्कासित पाकिस्तानबाट फिर्ता


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडेको इस्लामावादको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अप्रिलमा एक लाख ३५ हजारभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडे भने मे महिनामा यो सङ्ख्या ६७ हजारमा झरेको थियो । यसैगरी, जुन महिनाको पहिलो दुई दिनमा तीन हजार भन्दा बढी अफ्गानीलाई स्वदेश फिर्ता पठाइएको थियो ।

लगातारको गृहयुद्धबाट भागेर लाखौँ अफगानीहरू पाकिस्तानमा आई आप्रवासी शरणार्थीका रूपमा बसोबास गर्दै आएका छन् । तर सन् २०२३ मा इस्लामावादले स्वदेश फिर्ती कार्यक्रम सुरु गरेदेखि दश लाखभन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन्।
 
मंगलबार, संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले इरानबाट निर्वासित अफगान परिवारहरूको सङ्ख्या बढेकोमा चिन्ता व्यक्त गर्दै मे महिनामा १५ हजार ६७५  जनाले सीमामा दर्ता गरेको जनाएको छ । अघिल्लो महिनाको तुलनामा यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ६ : १७ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका