आरिफको उत्कृष्ट अर्धशतकमा नेदरल्याण्डविरुद्ध नेपालको शानदार जित « Khabarhub

आइसिसी विश्वकप लिग-२

आरिफको उत्कृष्ट अर्धशतकमा नेदरल्याण्डविरुद्ध नेपालको शानदार जित


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो ।

नेदरल्याण्डले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरे । ९९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का सहित ७८ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरिले नटआउट ३८ रन बनाउँदा कप्तान रोहित पौडेल २३ रनमा रनआउट भए । ओपनर कुशल भुर्तेलले २५ रन बनाउँदा अर्का ओपनर आसिफ शेख १९ रनमा समेटिए ।

त्यसअघि स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको हो । नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।

त्यसैगरी कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । विक्रमजित सिंहलाई ३८ रन बनाए । ज्याक लायनले ३४ बलमा २७ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए ।

जितसँगै प्रतियोगितामा नेपालले महत्वपूर्ण २ अंक जोडेको छ । १४ खेलमा चारजितसहित १० अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा यथावत छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ११ : ४९ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र