मणिमण्डप क्षेत्रमा सौन्दर्यीकरणको काम अन्तिम चरणमा | Khabarhub Khabarhub

मणिमण्डप क्षेत्रमा सौन्दर्यीकरणको काम अन्तिम चरणमा


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ ।

सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले करिब चार बिघा क्षेत्रफलमा मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणको काम करिब ९५ प्रतिशत पूरा भएको जानकारी दिए । 

१८ करोड ९१ लाखभन्दा बढीको लागतमा जनकपुरधामको मणिमण्डपसहित यहाँका पाँच स्थानमा काम भइरहेको त्यसमध्ये बढी लागतमा धार्मिक पर्यटकीयस्थल मणिमण्डप सौन्दर्यीकरण भइरहेको उनले बताए। निर्माण सम्पन्न भएपछि यसलाई जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । 

जनकपुरधाम उपमहानगरपालिका–१३ का वडाध्यक्ष जितबहादुर राउतले  ऐतिहासिक महत्त्वको मणिमण्डपलाई विश्वका हिन्दु धर्मावलम्बीका लागि आकर्षक वैवाहिकस्थल बनाउन थालिएको र त्यसक्रममा सुविधा सम्पन्न प्यालेस भवन निर्माण भएको बताए। उक्त भवनमा ७० जना अटाउने हलसहित २१ वटा कोठा छन् । साथै यहाँ दुई वटा सुविधा सम्पन्न २४ कोठे धर्मशाला, विवाहमण्डप र दुई वटा पवेलियम रहेका छन् । 

आयोजना आर्थिक वर्ष २०७४-७५ देखि सुरुआत गरिएकामा यही असारभित्रमा सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनी रविना कन्स्ट्रक्सनका इन्जिनियर निर्मलकुमार यादवले सोहीअनुसार अन्तिम चरणका काम भइरहेका बताए।
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ११ : ५६ बजे

सरकार जनताप्रति जवाफदेही हुन सकेन : डा. शेखर

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही

प्रचण्डले भने- माओवादी विभाजन गर्न प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरे

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले माओवादीलाई

चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु

बेइजिङ- आफ्नो साझेदारीलाई बलियो बनाउन र अमेरिकी नेतृत्वको विश्वव्यापी व्यवस्थाको

जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

जुम्ला– जिल्लाको चन्दननाथ नगरपालिका-४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक

रेखा कटेलको समर्पण : पाँच सुत्केरीलाई बाटोमै सेवा 

धनगढी– अनमी रेखा कटेलले साप्पाटा स्वास्थ्य चौकीमा काम गर्न थालेको