हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए « Khabarhub

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा एकजना किशोरीमाथि यौन दुर्व्यवहार भएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गरेर धरान उपमहानगरपालिका-१६ स्थित नौलो बस्तीमा किशोरीमाथि भएको यौन दुव्यर्वहारको घटनामा संलग्न भएको आरोपमा सार्वजनिक गरेको हो । तर प्रहरीले ती पीडकको पनि नाम गोप्य राखेको छ ।

प्रहरीका अनुसार नौली बस्तीस्थित सर्दु खोलामा श्रमदानमा गएकी १३ वर्षीया किशोरीलाई गत वैशाख १७ गते यौन दुव्यर्वहार भएको थियो ।

करिब ५०/५५ वर्षका एकजना पुरूषले दुव्यर्वहार गरेको कुरा सार्वजनिक भएको थियो । तर मेयर साम्पाङले भने आफ्नो श्रमदान टोलीका कसैले पनि त्यस्तो दुर्व्यवहा नगरेको भन्दै बचाउमा उत्रिएका थिए ।

किशोरीमाथि यौन दुर्व्यवहारमा संलग्न आरोपित पुरूषलाई बिहीबार पक्राउ गरेर शुक्रबार घटना विवरण सार्वजनिक गरिएको हो । किशोरीमाथि यौन हिंसाको विषय संवेदनशील भएकाले पीडितसँगै पीडकको पनि नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय धरनका डीएसपी प्रकाश जबेगुले बताए ।

पीडित पक्षले बालयौन दुरूपयोग अभियोगमा इलाका प्रहरी कार्यालयमा जाहेरी दिइसकेको छ। त्यही जाहेरीका आधारमा प्रक्रिया अघि बढाएर आरोपीलाई पक्राउ गरिएको जबेगुले बताए । स्रोतका अनुसार प्रहरीले धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय खजिन्द्र राईलाई पक्राउ गरेको खुलेको छ।

प्रहरीले उक्त प्रकरण ढाकछोप र मिलापत्र गराउन सक्रिय व्यक्तिहरूबारे अनुसन्धान थालिएको जनाएको छ । प्रहरीमा जाहेरी परेपछि पनि उक्त घटना मिलाउन भन्दै केही व्यक्ति इप्रका पुगेको खुलेको छ । यसरी गम्भीर अपराधको घटनामा मिल्न दबाब दिनेलाई कानुनी कारबाही गरिने जबेगुले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ४३ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा