हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए « Khabarhub

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा एकजना किशोरीमाथि यौन दुर्व्यवहार भएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गरेर धरान उपमहानगरपालिका-१६ स्थित नौलो बस्तीमा किशोरीमाथि भएको यौन दुव्यर्वहारको घटनामा संलग्न भएको आरोपमा सार्वजनिक गरेको हो । तर प्रहरीले ती पीडकको पनि नाम गोप्य राखेको छ ।

प्रहरीका अनुसार नौली बस्तीस्थित सर्दु खोलामा श्रमदानमा गएकी १३ वर्षीया किशोरीलाई गत वैशाख १७ गते यौन दुव्यर्वहार भएको थियो ।

करिब ५०/५५ वर्षका एकजना पुरूषले दुव्यर्वहार गरेको कुरा सार्वजनिक भएको थियो । तर मेयर साम्पाङले भने आफ्नो श्रमदान टोलीका कसैले पनि त्यस्तो दुर्व्यवहा नगरेको भन्दै बचाउमा उत्रिएका थिए ।

किशोरीमाथि यौन दुर्व्यवहारमा संलग्न आरोपित पुरूषलाई बिहीबार पक्राउ गरेर शुक्रबार घटना विवरण सार्वजनिक गरिएको हो । किशोरीमाथि यौन हिंसाको विषय संवेदनशील भएकाले पीडितसँगै पीडकको पनि नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय धरनका डीएसपी प्रकाश जबेगुले बताए ।

पीडित पक्षले बालयौन दुरूपयोग अभियोगमा इलाका प्रहरी कार्यालयमा जाहेरी दिइसकेको छ। त्यही जाहेरीका आधारमा प्रक्रिया अघि बढाएर आरोपीलाई पक्राउ गरिएको जबेगुले बताए । स्रोतका अनुसार प्रहरीले धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय खजिन्द्र राईलाई पक्राउ गरेको खुलेको छ।

प्रहरीले उक्त प्रकरण ढाकछोप र मिलापत्र गराउन सक्रिय व्यक्तिहरूबारे अनुसन्धान थालिएको जनाएको छ । प्रहरीमा जाहेरी परेपछि पनि उक्त घटना मिलाउन भन्दै केही व्यक्ति इप्रका पुगेको खुलेको छ । यसरी गम्भीर अपराधको घटनामा मिल्न दबाब दिनेलाई कानुनी कारबाही गरिने जबेगुले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ४३ बजे

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन