भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री « Khabarhub

भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले भन्सारमा घोषणा नगरी पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै थप रकम ल्याउन चाहेमा भन्सारमा घोषणा गरेर ६ लाखसम्म भारतीय मुद्रा ल्याउन सकिने उनले बताए ।

त्यस्तै उनले नेपालमा आउने पर्यटकको सहजताका लागि क्युआर र कार्डबाट निश्चित सीमासम्म भुक्तानी स्वीकार गर्ने व्यवस्था रहेको जानकारी दिए ।

अर्थमन्त्री पौडेलले भारतीय पाँच सय रुपैयाँ नेपालमा ल्याउँदा, पछि भारतले फिर्ता नलिने भएकाले पाँच सयका भारतीय नोटलाई स्वीकार नगरिएको बताए ।

उनले भन्सार बिन्दुबाट गाडी प्रवेश गरेपछि ठाउँ ठाउँमा चेकजाँच गर्नु नपर्ने व्यवस्था गरिएको उल्लेख गरे ।  

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलका क्रममा पौडेलले बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्नकै लागि सरकारले कानून बनाउन खोजिएको बताए । 

व्यक्तिले जम्मा गरेर राखेको कालो धनलाई कर तिरेर वैध गर्ने प्रस्ताव निकै गम्भीर रहेकाले यस प्रकारको छलफलले समेत नेपाललाई ग्रे लिष्टबाट बाहिर निस्कन थप समस्यामा पार्न सक्ने उनले उल्लेख गरे । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : १७ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)