माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ « Khabarhub

माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका छन् । 

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले ०६२ मा नेकपा एमालेले राजतन्त्रबारे निर्णय गर्दा ओलीले दिएको अभिव्यक्ति स्मरण गर्दै चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका हुन् । 

‘तपाईंहरूलाई म स्मरण गराउन चाहन्छु– ०६२ सालमा तत्कालीन नेकपा एमालेले राजतन्त्रलाई ढाल्ने निर्णय गर्‍यो । गणतन्त्रको नीतिमा अगाडि बढ्नपर्छ भन्ने निर्णय गर्दै थियो,’ नेपालले भने, ‘त्यहीँ भित्र बसेका केही मान्छेहरूले यो असम्भव छ भनिरहेका थिए । यो पार लाग्दैन भनिरहेका थिए । बाहिर गएर भाषण पनि गरे– जसरी बयल गाडा चढेर वासिङटन पुग्न सकिँदैन, त्यसैगरी आन्दोलन गरेर राजालाई ढाल्न सकिँदैन । हामीले त्यो चुनौती स्वीकार गर्‍यौँ । हामीले भन्यौँ– हेर्दै जानुस्, तपाईँ विरोध गर्दै रहनुस्, हामी राजतन्त्रलाई ढाली छाड्छौँ ।’ 

उनले एकीकृत समाजवादी पार्टीबारे केही व्यक्तिहरूले नकारात्मक टिप्पणी गरिरहेको भन्दै आपत्ति जनाए । ‘हाम्रो पार्टीबारे केही मानिसहरूले नकारात्मक टिप्पणीहरू  गरिरहेका छन् । कसै–कसैले यो पार्टीको भविष्य छैन भन्छन्, कसै–कसैले यो पार्टी चल्दैन भन्छन्,’ अध्यक्ष नेपालले भने, ‘त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्ने गर्दछन् । सबै मान्छेमा उतिकै विश्वास हुँदैन, सबै मान्छेमा त्यत्तिकै आत्मविश्वास पनि हुँदैन ।’
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : १२ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको