असार मसान्तभित्र सुझाव पठाउन एमालेको निर्देशन « Khabarhub

असार मसान्तभित्र सुझाव पठाउन एमालेको निर्देशन


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनका सम्बन्धका आवश्यक सुझावसहितको प्रतिवेदन पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनका सम्बन्धमा लिखित सुझावसहितको प्रतिवेदन पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिइएको जानकारी दिए । 

‘सङ्गठनात्मक प्रतिवेदनमा प्रदेश र जिल्ला कमिटीले आवश्यक सुझावसहित यही असार मसान्तभित्र लिखित प्रतिवेदन पठाउन निर्देशन दिएका छौँ’, उनले भने, “ती सुझावसहित आएका प्रतिवेदनमा केन्द्रीय कमिटीमा छलफल गरेर महाधिवेशनमा लगिनेछ ।’

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि भदौ २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ । महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सङ्गठनात्मक प्रतिवेदनको जिम्मेवारी महासचिव शङ्कर पोखरेललाई दिएको छ । 
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ५२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब