सीमा क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने « Khabarhub

सीमा क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

धरान– सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालले उच्च सतर्कता अपनाउने प्रतिबद्धता जनाएको छ ।

सशस्त्र प्रहरीले सीमा सुरक्षा सुदृढीकरणलाई दीर्घकालीन प्राथमिकताका रूपमा लिँदै सीमावासीहरूसँग सहकार्य र समन्वय मजबुत बनाउने घोषणा गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले आज ‘सीमावासीसँग सशस्त्र प्रहरी’ अन्तर्क्रिया गरेको थियो । सो अन्तर्क्रियामा सीमा अपराध नियन्त्रणका लागि स्थानीय तहसँग सहकार्य गर्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजङ्ग थापाले बताए ।

अन्तरक्रियामा भारतसँग सीमा जोडिएका इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका ६६ वटा सीमावर्ती वडाका जनप्रतिनिधिको सहभागिता थियो । सीमा क्षेत्रमा फैलँदै गएको लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करीलगायतका सीमापार अपराधहरू नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले रणनीतिक योजना तयार गरी कार्यान्वयनमा लैजाने बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताए । 

उनले सीमामा सुरक्षाको चुनौती बढेसँगै सीमा सुरक्षा मजबुत बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले हाल बन्द छोटी भन्सारहरू पुनः सञ्चालन गर्न, नयाँ छोटी भन्सारहरू स्थापना गर्न र सीमामा महिला सशस्त्र प्रहरी कर्मचारीहरूको सङ्ख्या वृद्धि गर्न माग गरेका छन् । सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणमा महिला प्रहरीको उपस्थिति प्रभावकारी हुने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : ०६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब