सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ : उद्योगमन्त्री « Khabarhub

सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ : उद्योगमन्त्री


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अमरगढी– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनपक्षीय काममा निरन्तर लागिपरेको भए पनि चौतर्फी प्रहार भइरहेको बताएका छन् ।

डडेल्धुरामा शुक्रबार कार्यकर्तासँगको भेटघाटमा मन्त्री भण्डारीले सरकारको  जनपक्षीय काम देखेर अत्तालिएकाहरूले वर्तमान सरकारप्रति विरोध गरिरहेका बताए  । 

उनले भने, ‘वर्तमान सरकार जनआकाङ्क्षा पूरा गर्न लागिपरेको छ । यो संयुक्त सरकार हो, संयुक्त सरकारबाट एकल सरकारको जस्तो अपेक्षा पूरा नहुन सक्छन् । तर सरकारले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको छ ।’

मन्त्री भण्डारीले हालको राष्ट्रिय राजनीति, सरकारको प्राथमिकता, उद्योग तथा आपूर्ति क्षेत्रका विषयमा सरकारको नीति तथा योजनाबारे प्रकाश पारेका थिए । 

उनले विशेषगरी सुदूरपश्चिम प्रदेशमा आर्थिक विकास, रोजगारी सृजना र औद्योगिक पूर्वाधार विस्तारमा सरकारले चालेका कदमहरूको जानकारी दिनुका साथै स्थानीय तहका कार्यकर्ताको भूमिका पनि महत्त्वपूर्ण रहेको बताए ।

भेटवार्तामा कार्यकर्ताहरूले जिल्लाको विकास, रोजगारी, व्यावसायिक विस्तार तथा केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयका विषयमा सुझाव, गुनासो र अपेक्षाहरू राखेका थिए । 

मन्त्री भण्डारीले ती सबै सुझावलाई गम्भीरतापूर्वक लिनुका साथै समाधानका लागि मन्त्रालय तथा पार्टीस्तरमा पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : २४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा