रकम हिनामिना गरेको आरोपमा एक युवा पक्राउ « Khabarhub

रकम हिनामिना गरेको आरोपमा एक युवा पक्राउ


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गाईघाट– यहाँको त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अङ्कित श्रेष्ठलाई प्रहरीले किर्ते गरेर रकम हिनामिना गरेको कसुरमा पक्राउ गरेको छ । 

श्रेष्ठले बोक्सेस्थित महिला तथा जनजागृति सहकारीको युवा स्वरोजगार कोषको रकम ठगी तथा किर्ते गरेर हिनामिना गरेको प्रहरीले जनाएको छ ।

युवा स्वरोजगार कोषका सदस्यसमेत रहेका श्रेष्ठले अन्य पदाधिकारीका नाममा किर्ते माइन्युट खडा गरेर हिनामिना गरेको प्रहरी कार्यालयका सूचना अधिकारी केदामान दोङले जानकारी दिए ।

श्रेष्ठविरुद्ध किर्ते तथा ठगीको निवेदन परेपछि बिहीबार श्रेष्ठलाई पक्राउ गरिएको र आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : २८ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल