काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा « Khabarhub

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । उपत्यकामा मध्यम वर्षा भएको छ भने सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज साँझ उपत्यकाको पानीपोखरी क्षेत्र र आसपासमा पछिल्लो १२ घण्टामा १५।६ मिलीमिटर वर्षा भएको छ । बूढानीलकण्ठ, तारकेश्वर क्षेत्रमा समेत वर्षा भएको छ । उपत्यकाको अन्य क्षेत्रमा पनि वर्षा भएको उनले बताए ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ काठमाडौं विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको थियो । तर अहिले वर्षा उपत्यकामा कम भएको जनाइएको छ ।

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ७६।४ मिलीमिटर वर्षा भएको छ । सोही जिल्लाको शेरमानथानमा ५५।६ मिलीमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । दोलखाको जिरीमा ४४।८, सोलुखुम्बुमा ३५।६ र झापाको केचनाकवलमा ३३।४ मिलीमिटर वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिनुभयो । यो मध्यम वर्षा हो ।

अहिले सातै प्रदेशमा बदली भएको र ती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । राति पनि आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महर्जनले बताए ।

उनका अनुसार मनसुन अवधिको आजसम्म देशभर सरदरको २१।७ प्रतिशत वर्षा भएको पनि उनले बताए । काठमाडौँ उपत्यकामा यो अवधिमा पर्ने सरदरभन्दा माथि वर्षा भएको उनले बताए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १० : ३३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा