अशक्त इजरायली बन्दीको भिडियो : जो खान नपाएर रोइरहे « Khabarhub

अशक्त इजरायली बन्दीको भिडियो : जो खान नपाएर रोइरहे

अन्तर्राष्ट्रिय समूहले गर्यो हमासको निन्दा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले अशक्त इजरायली बन्दीको भिडियो बनाएर सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय निकायले यसको निन्दा गरेका छन्। बेलायती विदेश सचिव डेभिड लेभीले यसलाई प्रोपोगान्डाको रूपमा प्रयोग गरिएको आरोप लगाए। फुटेज बाहिर आएपछि हमासले भोकै राखेर कुपोषण निम्तिएको आरोप समेत लगाइएको छ।

हमासले बन्धक बनाएका रोम ब्राभाल्सी र इभ्तार डेभिडको भिडियो बाहिर आएको हो। उनीहरू धरै दुब्लाएका छन् भने खान नपाएर रोइरहेका छन्।

हमासको सैन्य निकायले भने खान नदिएको आरोपलाई अस्वीकार गरेको छ। हमास लडाकु र गाजामा रहेको बासिन्दाले खाएकै कुरा उनीहरूले पनि पाएको उसको भनाइ छ।

७ अक्टोबर २०२३ का दिन नोरामा भएको साङ्गीतिक महोत्सवको दिन रोम र इभतारलाई बन्दी बनाइएको हो। त्यो दिन अपहरणमा परेका मध्य उनीहरूसहित ४९ जना रिहा हुन बाँकी छन्। यसरी बन्धक बनाइएकामध्ये २७ जना मारिएको अनुमान गरिएको छ।

भिडियो सार्वजनिक भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफू दुःखी भएको बताए। उनले दुवै परिवारसँग सम्पर्क गर्दै बन्दी रिहाइका लागि कुनै कसर बाँकी नराख्ने बताए।

इन्टरनेसनल कमिटी अफ रेडक्रस (आइसिआरसी) ले बन्दीको ज्यान नै खतरामा रहेको कुरा भिडियोले प्रस्ट पारेको बताए।

रेडक्रसले बन्दीलाई औषधी र उपचार दिनुपर्ने तथा खाद्यान्न पनि सहयोग गर्नुपर्नेमा जोड दिएको छ। साथै उनीहरूको परिवारसँग सम्पर्क गर्न दिनुपर्ने बताएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ०७ बजे

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा

इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड

तेहरान– इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड