विदेशी हस्तक्षेपको आरोपमा अस्ट्रेलियामा चिनियाँ नागरिकमाथि मुद्दा दायर « Khabarhub

विदेशी हस्तक्षेपको आरोपमा अस्ट्रेलियामा चिनियाँ नागरिकमाथि मुद्दा दायर


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा- अस्ट्रेलियन प्रहरीले बेइजिङका लागि स्थानीय बौद्ध समूहको जासुसी गरेको आरोपमा एक चिनियाँ नागरिकमाथि ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोगमा मुद्दा चलाएको छ ।

सहायक प्रहरी आयुक्त स्टिफन नटका अनुसार ती महिलाले अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको ‘गुआन यिन सिट्टा बुद्धिस्ट एसोसिएसन’का बारेमा गोप्य रुपमा सूचना सङ्कलन गरिरहेकी थिइन् ।

नटले आफू चीनको सार्वजनिक सुरक्षा ब्युरोको कमान्डमा काम गरिरहेको बताएकी थिइन् ।

अस्ट्रेलियन सङ्घीय प्रहरीको विशेष अनुसन्धान महाशाखाका नटले भने, “चीनको पब्लिक सेक्युरिटी ब्युरोको गुप्तचर उद्देश्यलाई सहयोग पुर्‍याउने उद्देश्यले यो गतिविधि गरिएको हामीले अभियोग दर्ता गरेका छौँ ।

गत साता क्यानबेराका केही घरमा प्रहरीले छापा मारेपछि ती महिलालाई पक्राउ गरी ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोग लगाइएको थियो ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छापा मार्ने क्रममा इलेक्ट्रोनिक सामग्रीलगायत थुप्रै सामान जफत गरिएको छ भने थप अनुसन्धानका लागि फरेन्सिक परीक्षण गरिनेछ ।’’

विदेशी हस्तक्षेपमा बढीमा १५ वर्षको जेल सजाय हुन सक्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : १७ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख