१७०० करोड भारुमा बन्दै छ कोसी नदीमा १० किलोमिटर लामो पुल, दुर्घटनाको पुरानो भिडिओ भाइरल | Khabarhub Khabarhub

१७०० करोड भारुमा बन्दै छ कोसी नदीमा १० किलोमिटर लामो पुल, दुर्घटनाको पुरानो भिडिओ भाइरल


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत रहेको कोशी ब्यारेजको विकल्प खोज्नेबारे लामो समयदेखि बहस चलिरहेको छ । तर, भारत सरकारले बिहारको सुपौल र मधुबनी जोड्ने १०.२ किलोमिटरको पक्की पुलको निर्माण गरिरहेको छ । यो पुल डिसेम्बर २०२५ सम्ममा सञ्चालनमा आउने गरी काम सुरु भएको थियो ।

कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेडले सन् १९६२ मा निर्माण सम्पन्न गरेको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको आयु ६३ वर्ष पुगिसकेको छ । कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेको छ । कोशी नदीको बहावले ब्यारेजमा क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।

सडक विभागले कोशीको विकल्पमा नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन सम्पन्न गरेको बताइए पनि काम सुरु हुने छाँटकाँट छैन । यसै सन्दर्भमा भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले एउटा भिडिओ भाइरल गराएका छन् । उक्त भिडिओ यही कोसी नदीमा निर्माणाधीन पुलको हो ।

भारतको बिहारस्थित कोसी नदीमा १२०० करोड रुपैयाँको लागतमा निर्माणाधीन पुल भर्खरै भत्किएको दाबी गरिएको एउटा भिडिओ भाइरल भयो । उक्त भिडिओमा कामदारहरू फसेर घाइते भएको देखाइएको छ ।

सामाजिक सञ्जालमा पुललाई जीर्ण अवस्थामा देखाइएको छ । दृश्यमा बिहारको सुपौल जिल्लामा निर्माणाधीन पुल भत्किएको दाबी गरिएको छ ।

‘सुपौल र मधुबनी बीचको कोसी नदीमा निर्माण भइरहेको १२०० करोड रुपैयाँको पुल भत्कियो । धेरै कामदारहरू भग्नावशेषमा फसे, केही घाइते भए र केहीको मृत्यु हुने आशङ्का गरिएको छ ।’ भाइरल भिडिओमा भनिएको छ ।

तर यो भिडिओ हालसालैको भने नभएको पत्तो लागेको छ । यो घटना सन् २०२४ मार्च महिनाको हो । बिहारस्थित सुपौल र मधुबनी बीचको कोसी नदीमाथिको पुलको एक भाग निर्माणाधीन अवस्थामा खसेको थियो । उक्त भिडिओ हालै भाइरल भएको हो ।

सन् २०२४ मार्च २२ मा बिहारका तत्कालीन पूर्वउपमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवको फेसबुक पोस्टमा राज्य र केन्द्र सरकारसँग जवाफदेहिता माग गरेका थिए । उनले पीडितलाई उपचार र क्षतिपूर्तिको माग गरेका थिए ।

समाचार संस्था ‘द हिन्दू’ ले पनि मार्च २०२४ को घटनाको बारेमा रिपोर्ट गरेको थियो । उक्त रिपोर्टमा पुल भत्किँदाको दृश्यहरू देखाइएको थियो । तर हालैमा आएर पुरानो घटनाको भिडिओ भाइरल हुँदा जनतामा भ्रम सिर्जना भएको छ । भारतीय राष्ट्रिय राजमार्ग प्राधीकरण (एनएचएआई) ले भाइरल भिडिओमा गरिएका दाबीहरू भ्रामक भएको स्पष्ट पारेको छ ।

१७०० करोड पुग्यो पुलको लागत

भारतका दुई जिल्ला सुपौल र मधुवनी जोड्ने यो पुल परियोजनाको शिलान्यास सन् २०१४ मा तत्कालीन मुख्यमन्त्री नीतीश कुमारले गरेका थिए । तत्कालीन समयमा १२०० करोड भारतीय रुपैयाँमा निर्माण गर्ने उद्देश्य राखिएको १०.२ किलोमिटर लामो पुलको लागत १७०० करोडभन्दा बढी पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिहारमा भारतको सबैभन्दा लामो पुल भारतमाला परियोजनाअन्तर्गत निर्माणाधीन छ । यसले सुपौल जिल्लाको बकौरलाई मधुबनी जिल्लाको भेजासँग जोड्छ । कोसी नदीमाथि १०.२ किलोमिटर लामो पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ सञ्चारमाध्यमले जनाएका छन् । बिहारका तत्कालीन सडक निर्माण मन्त्री विजय सिन्हाले पुल डिसेम्बर २०२५ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको बताएका थिए ।

भारतमा हाल सबैभन्दा लामो पुल भूपेन हजारिका सेतु हो । जसलाई ढोला सादिया पुल पनि भनिन्छ । यो ९.५० किलोमिटर लामो पुल हो । यो पुलले असम र अरुणाचल प्रदेशलाई जोडेको छ । कोसी नदीमा निर्माणाधीन पुल सम्पन्न भएपछि यो पुल भारतको सबैभन्दा लामो पक्की पुल हुने छ ।

सिभिल कार्यका लागि छुट्याइएको १,१०१.९९ करोड रुपैयाँसहित निर्माणताका यो पुल परियोजनाको कुल लागत १,१९९.५८ करोड रुपैयाँ अनुमान गरिएको थियो । पुलमा १७१ स्तम्भ, १७० स्प्यान रहेको अधिकारीहरूको भनाइ छ । जुन २०२५ सम्ममा पूरा गर्न निर्देशन दिएइको पुलको काम हालसम्म सम्पन्न भइसकेको छैन । यो पुल निर्माण सम्पन्न भइसकेपछि सुपौल र मधुबनी बीचको ३० किलोमिटर दूरी घट्ने बताइएको छ ।

यो परियोजना मेसर्स ग्यामन इन्जिनियर्स एण्ड कन्ट्र्याक्टर्स प्रालिले ट्रान्सरेल लाइटिङ प्रालिसँगको संयुक्त उद्यममा कार्यान्वयन गरिरहेको छ । प्राविधिक चुनौतीका कारण पुल निर्माणमा केही ढिलाइ भएको बताइएको छ ।

बिहारस्थित कोसी नदीमाथिको यो पुल सम्पूर्ण मिथिलाञ्चल क्षेत्रको लागि एक महत्वपूर्ण पूर्वाधार परियोजना रहेको बताइएको छ । एकपटक सम्पन्न भएपछि यसले यो क्षेत्रको आर्थिक र सामाजिक विकासलाई तीव्र बनाउने विश्वास गरिएको छ । जसले कोसी र मिथिलाञ्चल क्षेत्रका लाखौं मानिसहरूलाई फाइदा पु¥याउने बताइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ५७ बजे

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित