रास्वपा र राप्रपालाई कांग्रेस प्रमुख सचेतकको प्रश्न– भिजिट भिसा भनेको मानव तस्करी हो ? | Khabarhub Khabarhub

रास्वपा र राप्रपालाई कांग्रेस प्रमुख सचेतकको प्रश्न– भिजिट भिसा भनेको मानव तस्करी हो ?


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली  कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा आवाज उठाउँदै आएका विपक्षी दलप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)प्रति आक्रामक ढंगले प्रस्तुत भएका हुन् । 

‘संसद्मा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाका नाममा मानव तस्कर गरियो भन्ने । भिजिट भिसा भनेको के मानव तस्करी हो ?,’ प्रमुख सचेतक घिमिरेले प्रश्न गरे, ‘भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को हुनुहुन्छ यहाँ ? कुन सांसद हुनुहुन्छ ? यो के भन्न खोजेको हो ?’

उनले रास्वपा र राप्रपामाथि गोयबल्स शैलीमा झुटो प्रचार गरेर जनतालाई दिग्भ्रमित पारिरहेको आरोप लगाए । घिमिरेले भिजिट भिसाका नाममा दुबै दलले प्रतिनिधिसभालाई दुरुपयोग गरिरहेको समेत आरोप लगाए ।  

‘गोयबल्स शैलीमा झुटो कुरो प्रचार गरेर आम जनतालाई दिग्भ्रमित पार्ने र संसद्लाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ, यो बन्द हुनुपर्छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसको गम्भीर आपत्ति छ सभामुख महोदय यसमा । यो प्रथालाई अब अन्त्य गरिएन भने संसद्को गरिमा पनि रहँदैन, महत्व पनि रहँदैन ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ५९ बजे

सुदूरपश्चिमका नेताहरूलाई प्रचण्डले भने– आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्नुस् 

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एससीओका लागि विकास बैंकमा विस्तारित भूमिका बढाउने चिनियाँ राष्ट्रपति सीको चाहना

तियान्जिन- चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार तियानजिनमा आयोजित साङ्घाई सहयोग

पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथाङ्का–  लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका

कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

कञ्चनपुर– आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा

‘हर्ष’को दुई पोस्टर सार्वजनिक

काठमाडौं – एकता पौडेलको डेब्यू निर्देशनमा बनेको फिल्म ‘हर्ष’को दुई