रास्वपा र राप्रपालाई कांग्रेस प्रमुख सचेतकको प्रश्न– भिजिट भिसा भनेको मानव तस्करी हो ? « Khabarhub

रास्वपा र राप्रपालाई कांग्रेस प्रमुख सचेतकको प्रश्न– भिजिट भिसा भनेको मानव तस्करी हो ?


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली  कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा आवाज उठाउँदै आएका विपक्षी दलप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)प्रति आक्रामक ढंगले प्रस्तुत भएका हुन् । 

‘संसद्मा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाका नाममा मानव तस्कर गरियो भन्ने । भिजिट भिसा भनेको के मानव तस्करी हो ?,’ प्रमुख सचेतक घिमिरेले प्रश्न गरे, ‘भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को हुनुहुन्छ यहाँ ? कुन सांसद हुनुहुन्छ ? यो के भन्न खोजेको हो ?’

उनले रास्वपा र राप्रपामाथि गोयबल्स शैलीमा झुटो प्रचार गरेर जनतालाई दिग्भ्रमित पारिरहेको आरोप लगाए । घिमिरेले भिजिट भिसाका नाममा दुबै दलले प्रतिनिधिसभालाई दुरुपयोग गरिरहेको समेत आरोप लगाए ।  

‘गोयबल्स शैलीमा झुटो कुरो प्रचार गरेर आम जनतालाई दिग्भ्रमित पार्ने र संसद्लाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ, यो बन्द हुनुपर्छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसको गम्भीर आपत्ति छ सभामुख महोदय यसमा । यो प्रथालाई अब अन्त्य गरिएन भने संसद्को गरिमा पनि रहँदैन, महत्व पनि रहँदैन ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ५९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने