प्रतिनिधिसभा बैठकबाट बाहिरिए रास्वपा र राप्रपा « Khabarhub

प्रतिनिधिसभा बैठकबाट बाहिरिए रास्वपा र राप्रपा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि न्यायिक वा संसदीय समिति गठनको माग गर्दै आएका प्रतिपक्षी दलहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा आ–आफ्नो दलका तर्फबाट भिजिट भिसा प्रकरणबारे कुरा राखिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बाहिरिएका हुन् । 

रास्वपा र राप्रपा गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा र संसदीय वा न्यायिक समिति गठनको माग गर्दै संसद्मा विरोध गर्दै आएका छन् ।

सोमबारको बैठकमा रास्वपाका तर्फबाट सांसद असिम साह र राप्रपाका तर्फबाट सांसद ध्रुवबहादुर प्रधानले बैठकमा धारणा राखेका थिए । 

सांसद साहले भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै नबिर्सने दाबी गरे । ‘सभामुख महोदय, भिजिट भिसाको नाममा मानव तस्करहरूको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु,’ उनले भने, ‘जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोला । जनताले बिर्सिने छैनन्, हामी कुनै पनि हालतमा बिर्सिन दिने छैनौँ ।’ 

राप्रपा सांसद प्रधानले भिजिट भिसा समस्या नभएर नियत समस्या भएको जिकिर गरे । ‘समस्या भिजिट भिसाको होइन, समस्या नियतको हो । भिजिट भिसामा त सबै जान्छन्,’ उनले भने, ‘श्रम मन्त्रालय, जसको थुप्रै संयन्त्रहरूले मानवहरूलाई विदेशमा पठाउने गरेका छन् । जसमार्फत् इमिग्रेसन (अध्यागमन) पनि जोडियो । जुन गृह मन्त्रालयअन्तर्गत रहेको छ ।’ 

प्रधानले राप्रपाले समाधान चाहेको पनि प्रष्टीकरण दिए । ‘सम्माननीय सभामुख महोदय, हामी समाधान चाहन्छौँ । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भइसकेपछि त्यहाँको छानबिन कस्तो हुन्छ ?,’ प्रधानले प्रश्न गर्दै भने, ‘त्यसैकारणले न्यायिक आयोगको कुरा हामीले निकालिरहेका छौँ । न्यायिक छानबिनको कुरो निकालिरहेका छौँ ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : १९ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि