गाजा युद्ध अन्त्य गरिदिन इजरायलका ५ सय ५० जना पूर्व सुरक्षा अधिकारीले लेखे ट्रम्पलाई पत्र « Khabarhub

गाजा युद्ध अन्त्य गरिदिन इजरायलका ५ सय ५० जना पूर्व सुरक्षा अधिकारीले लेखे ट्रम्पलाई पत्र


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुप्तचर निकायका पूर्व प्रमुखसहित सयौं सेवानिवृत्त इजरायली सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाजामा युद्ध अन्त्य गर्न सरकारलाई दबाबसहित सहयोग गर्न आग्रह गरेका छन् ।

हमासले अब इजरायलका लागि रणनीतिक खतरा पैदा गर्दैन भन्ने व्यावसायिक निर्णय गरेको पूर्व अधिकारीहरूले सोमबार मिडियामा पेस गरेको खुला पत्रमा लेखेका छन् ।

सुरुमा युद्ध न्यायपूर्ण रक्षात्मक युद्ध भएपनि हाल युद्ध न्याय विपरित भएको शिन बेट सुरक्षा सेवाका पूर्व निर्देशक अमी अयालोनले बताएका छन् ।

प्यालिस्टिनी लडाकु समूहसँगको लडाइमा इजरायलले आफ्नो सुरक्षा र पहिचान गुमाइरहेको अयालोनले पत्रको साथमा जारी गरिएको भिडियोमा बताएका छन् ।

शिन बेट र मोसाद जासुसी एजेन्सीका पूर्व प्रमुखसहित ५ सय ५० जनाले हस्ताक्षर गरेको पत्रमा ट्रम्पलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि ‘नेतृत्व’ गर्न आह्वान गरिएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको घातक आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा आफ्नो सैन्य कारबाही सुरु गरेको थियो ।

पछिल्लो समयमा इजरायली बन्धकहरूलाई गाजाबाट रिहा गर्न, संयुक्त राष्ट्रसङ्घका निकायहरूले मानवीय सहायता वितरण गर्न र युद्धविराममा सहमत हुन इजरायल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ ।

यद्यपि, नेतान्याहुको सरकारका मन्त्रीहरूसहित इजरायलका केही व्यक्तिहरूले इजरायली सेनालाई अगाडि बढ्न र गाजालाई पूर्ण वा आंशिक रूपमा कब्जा गर्न दबाब दिइरहेका छन् ।

उक्त पत्रमा मोसादका तीन पूर्व प्रमुखहरू तामिर पार्डो, एफ्राइम हालेवी र ड्यानी याटोमले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमा थप शिन बेटका पाँच पूर्व प्रमुखहरू अयालोनका साथै नादाव अर्गमान, योराम कोहेन, याकोभ पेरी र कार्मी गिलोन र पूर्व प्रधानमन्त्री एहुद बाराक, पूर्व रक्षामन्त्री मोशे यालोन र डान हालुत्जसहित तीन पूर्व सैन्य प्रमुखहरू छन् ।

पत्रले इजरायली सेनाले बलपुर्वक हमासको सैन्य संरचना र शासनलाई ध्वस्त पार्ने उद्देश्यहरू प्राप्त गरेको जनाएको छ ।

सबैभन्दा महत्वपूर्ण र तेस्रो उदेश्य सबै बन्धकहरूलाई घर ल्याउने सम्झौताबाट प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।

पत्रमा पूर्व अधिकारीहरूले ट्रम्पलाई अधिकांश इजरायलीहरूसँग विश्वसनीयता रहेको र युद्ध अन्त्य गर्न र बन्धकलाई फिर्ता गर्न नेतान्याहुलाई दबाब दिन सक्ने बताएका छन् ।

हस्ताक्षरकर्ताहरूले ट्रम्पले हमास शासनको विकल्पको रूपमा गाजाको जिम्मा लिन सुधार गरिएको प्यालेस्टिनी प्राधिकरणलाई समर्थन गर्न क्षेत्रीय गठबन्धनलाई बाध्य पार्नसक्ने तर्क गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : ०५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले