गाजा युद्ध अन्त्य गरिदिन इजरायलका ५ सय ५० जना पूर्व सुरक्षा अधिकारीले लेखे ट्रम्पलाई पत्र « Khabarhub

गाजा युद्ध अन्त्य गरिदिन इजरायलका ५ सय ५० जना पूर्व सुरक्षा अधिकारीले लेखे ट्रम्पलाई पत्र


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुप्तचर निकायका पूर्व प्रमुखसहित सयौं सेवानिवृत्त इजरायली सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाजामा युद्ध अन्त्य गर्न सरकारलाई दबाबसहित सहयोग गर्न आग्रह गरेका छन् ।

हमासले अब इजरायलका लागि रणनीतिक खतरा पैदा गर्दैन भन्ने व्यावसायिक निर्णय गरेको पूर्व अधिकारीहरूले सोमबार मिडियामा पेस गरेको खुला पत्रमा लेखेका छन् ।

सुरुमा युद्ध न्यायपूर्ण रक्षात्मक युद्ध भएपनि हाल युद्ध न्याय विपरित भएको शिन बेट सुरक्षा सेवाका पूर्व निर्देशक अमी अयालोनले बताएका छन् ।

प्यालिस्टिनी लडाकु समूहसँगको लडाइमा इजरायलले आफ्नो सुरक्षा र पहिचान गुमाइरहेको अयालोनले पत्रको साथमा जारी गरिएको भिडियोमा बताएका छन् ।

शिन बेट र मोसाद जासुसी एजेन्सीका पूर्व प्रमुखसहित ५ सय ५० जनाले हस्ताक्षर गरेको पत्रमा ट्रम्पलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि ‘नेतृत्व’ गर्न आह्वान गरिएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको घातक आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा आफ्नो सैन्य कारबाही सुरु गरेको थियो ।

पछिल्लो समयमा इजरायली बन्धकहरूलाई गाजाबाट रिहा गर्न, संयुक्त राष्ट्रसङ्घका निकायहरूले मानवीय सहायता वितरण गर्न र युद्धविराममा सहमत हुन इजरायल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ ।

यद्यपि, नेतान्याहुको सरकारका मन्त्रीहरूसहित इजरायलका केही व्यक्तिहरूले इजरायली सेनालाई अगाडि बढ्न र गाजालाई पूर्ण वा आंशिक रूपमा कब्जा गर्न दबाब दिइरहेका छन् ।

उक्त पत्रमा मोसादका तीन पूर्व प्रमुखहरू तामिर पार्डो, एफ्राइम हालेवी र ड्यानी याटोमले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमा थप शिन बेटका पाँच पूर्व प्रमुखहरू अयालोनका साथै नादाव अर्गमान, योराम कोहेन, याकोभ पेरी र कार्मी गिलोन र पूर्व प्रधानमन्त्री एहुद बाराक, पूर्व रक्षामन्त्री मोशे यालोन र डान हालुत्जसहित तीन पूर्व सैन्य प्रमुखहरू छन् ।

पत्रले इजरायली सेनाले बलपुर्वक हमासको सैन्य संरचना र शासनलाई ध्वस्त पार्ने उद्देश्यहरू प्राप्त गरेको जनाएको छ ।

सबैभन्दा महत्वपूर्ण र तेस्रो उदेश्य सबै बन्धकहरूलाई घर ल्याउने सम्झौताबाट प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।

पत्रमा पूर्व अधिकारीहरूले ट्रम्पलाई अधिकांश इजरायलीहरूसँग विश्वसनीयता रहेको र युद्ध अन्त्य गर्न र बन्धकलाई फिर्ता गर्न नेतान्याहुलाई दबाब दिन सक्ने बताएका छन् ।

हस्ताक्षरकर्ताहरूले ट्रम्पले हमास शासनको विकल्पको रूपमा गाजाको जिम्मा लिन सुधार गरिएको प्यालेस्टिनी प्राधिकरणलाई समर्थन गर्न क्षेत्रीय गठबन्धनलाई बाध्य पार्नसक्ने तर्क गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : ०५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग