बेइजिङमा घातक बाढी : आँधीको सम्भावनापछि सतर्कता बढाइयो | Khabarhub Khabarhub

बेइजिङमा घातक बाढी : आँधीको सम्भावनापछि सतर्कता बढाइयो


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१२ पछिको सबैभन्दा घातक बाढीमा दर्जनौंको मृत्यु भएको एक हप्तापछि बेइजिङले सोमबार सबै शहर र जिल्लाका स्थानीयलाई भारी वर्षाको नयाँ चरणको लागि तयार रहन चेतावनी दिएको छ । नागरिकलाई बाहिर ननिस्कन भनिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

बेइजिङका केही भागहरूमा दिउँसोदेखि छ घण्टाको अवधिमा २०० मिमी (७.९ इन्च) सम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमानकर्ताहरूले चेतावनी दिएका छन् । २ करोड २० लाख जनसङ्ख्या भएको बेइजिङमा प्रत्येक वर्ष औसत ६०० मिमी वर्षा हुने गरेको छ ।

देशभरि बाढीको पानीबाट शव निकालिएको रिपोर्टहरू प्राप्त भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जुलाई २३ देखि २९ सम्म भएको भारी वर्षापछि बेइजिङमा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो । मृतकमध्ये धेरैजसो शहरको उत्तरपूर्वी बाहिरी इलाकामा रहेको मियुन जिल्लाको एक नर्सिङ होममा तीव्र गतिमा बाढी पसेपछि अप्रत्याशित रूपमा त्यहाँ व्यक्तिहरू फसेका थिए । मौसम पूर्वानुमानअनुसार र आकस्मिक योजनाहरू नबन्नु नै मृत्युका कारण भएको अधिकारीहरूले स्वीकार गरेको समाचारमा जनाइएको छ ।

सोमबार दिउँसोसम्ममा बेइजिङले आफ्ना सबै १६ जिल्लालाई तयारीको उच्चतम स्तरमा राखेको बताइएको छ । जुलाई २८ पछि पहिलो पटक शहरव्यापी तयारीको गरिएको छ । ग्रेट वालका केही भागहरू र अन्य बाहिरी मनोरञ्जन स्थलहरू बन्द गरिएको छ । अन्डरग्राउण्ड व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

अचानक बाढी र पहिरोको जोखिम हुने अत्यन्त उच्च सम्भावना रहेको अधिकारीहरूले चेतावनी दिएका छन् ।
सन् २०१२ को गर्मीमा बेइजिङ शहरमा आएको सबैभन्दा घातक बाढीमा ७९ जनाको मृत्यु भएको थियो । फाङशान जिल्ला सबैभन्दा बढी प्रभावित भएको थियो ।

बेइजिङको भू–बनोटलाई कतिपयले वर्षाको ‘पाप’ भनेर टिप्पणी गरेका छन् ।

शनिबारसम्म बेइजिङको छेउमा रहेको हेबेई शहर चेङ्देमा रहेको नदी किनारको कल्याण केन्द्र ‘बेइजिङ उपत्यका’ मा आएको मुसलधारे वर्षाले तीन जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता भएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

जुलाई २७ मा लगभग ४० जना मानिसहरू उक्त ठाउँमा एक कार्यक्रमको लागि भेला भएका थिए । आयोजकहरूले उनीहरूलाई नदीको किनारको छेउमा रहेको होचो जमिनमा टाँगिएका पालहरूमा पठाएको कैक्सिन मिडियाले उल्लेख गरेको छ । समाचार अनुसार भोलिपल्ट बिहान जुलाई २८ को २ बजेसम्ममा बाढीको पानी घुँडासम्म बढेको थियो । बाढी बढेपछि सहभागीहरू शिविरको एकमात्र निकास तर्फ दौडन बाध्य भएका थिए ।

यो साइट टेक्सासको क्याम्प मिस्टिकसँग मिल्दोजुल्दो छ , जहाँ गत महिना मुसलधारे वर्षाको क्रममा ग्वाडालुप नदीको किनार फुटेपछि बाढीले कम्तिमा २८ बालबालिकालाई बगाएर मृत्युको मुखमा पु¥याएको थियो ।

सप्ताहन्तमा चीनको दक्षिणी ग्वाङडोङ प्रान्तमा १३०० भन्दा बढी उद्धारकर्ताहरू संलग्न रहेको ठूलो स्तरको खोजी अभियानपछि पाँच जनाको शव फेला परेको थियो । शुक्रबार राति बेपत्ता भएका पाँच जनालाई हालैका दिनहरूमा भएको भारी वर्षापछि पानीले बगाएर लगेको सिन्ह्वाको आइतबारको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : ०९ बजे

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित