पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ | Khabarhub Khabarhub

पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरूले धान रोपाइँ सुरु गरेका छन् । 

पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि धान रोपाइँ नभएकामा पानी परेपछि रोपाइँ ६३ प्रतिशत पुगेको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । 

पानी परेपछि देशको प्रदेशका आठवटै जिल्लामा धमाधम धान रोपाइँ भइरहेको निर्देशनालय वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बताए। उनका अनुसार बारा र पर्सामा धान रोपाइँ सकिएको छ भने अन्य जिल्लामा धान रोपाइँ धमाधम भइरहेको छ । 

लामो समयदेखि पानी पर्न नसक्दा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यसपछि प्रदेश सरकारले कृषिज्ञान केन्द्रमार्फत  खेतीका लागि स्यालो ट्युबबेल वितरण सुरु गरेको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

 विगतमा साउनको दोस्रो हप्तासम्ममा धानको रोपाइँ सकिने भएपछि यसपटक पानी नपर्दा ढिलाइ भएको हो । 

मधेस प्रदेशका जिल्लाहरूमा नदी, नहर, डीप ट्युबबेल  बोरिङ तथा स्यालो ट्युबबेललगायत विभिन्न माध्यमबाट जमिनमा मात्र सिँचाइ सुविधा पुगेको तथा ६५ प्रतिशत खेतमा आकाशेपानीको भरमा धानखेती हुँदै आएको छ । 
 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : २३ बजे

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा दमौलीबाट थर्पुतर्फ आउँदै गरेको बा.१३ च ६७७८

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो