काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने गरी कुनै कानुन ल्याउन नखोजेको दाबी गरेका छन् ।
बहुविवाहलाई कानुनी मान्यता दिनसक्ने भनेर मुलुकी अपराध संहितामा राख्न खोजिएको प्रावधानबारे चलेको बहस संसद्मा पुगेकै दिन उनले यस्तो दाबी गरेका हुन् ।
‘अहिलेको जमानामा बहुविवाह गर्न पाउने कानुन पार्लियामेन्टले पास गर्ला र रु त्यो हुँदै होइन,’ नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘अझ क्लियरिफाई गर्नका लागि तपाईंहरूले ओरिजनल डकुमेन्ट अध्ययन गर्दा भइहाल्छ । त्यो होइन भन्ने कुरा म क्लियरिफाई गर्न चाहन्छु ।’
प्रतिक्रिया