‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय « Khabarhub

‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने भएको छ ।

काठमाडौंमा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको पार्टीसँग एकता गर्ने निर्णय गरेको हो ।

सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकताका लागि वार्ता गर्ने निर्णय गरिएको जानकारी दिए ।

‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छिटै वार्ता समिति बनाएर सम्पन्न गर्ने निर्णय भएको छ ।’

उता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग भने वार्ता चलिरहेको सापकोटाले बताए ।

‘विप्लजीको पार्टीबारे निर्णय भइसकेको छ, धेरै भनिरहनुपरेन’, उनले भने, ‘माधवजीको पार्टीबारे हामी निष्कर्षमा पुगिसकेको अवस्थाछ छैन । छलफल चलिरहेको छ । तर तत्कालै एकीकृत समाजवादीसँग एकता सम्भव देखिएन ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ०६ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग