‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय « Khabarhub

‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने भएको छ ।

काठमाडौंमा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको पार्टीसँग एकता गर्ने निर्णय गरेको हो ।

सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकताका लागि वार्ता गर्ने निर्णय गरिएको जानकारी दिए ।

‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छिटै वार्ता समिति बनाएर सम्पन्न गर्ने निर्णय भएको छ ।’

उता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग भने वार्ता चलिरहेको सापकोटाले बताए ।

‘विप्लजीको पार्टीबारे निर्णय भइसकेको छ, धेरै भनिरहनुपरेन’, उनले भने, ‘माधवजीको पार्टीबारे हामी निष्कर्षमा पुगिसकेको अवस्थाछ छैन । छलफल चलिरहेको छ । तर तत्कालै एकीकृत समाजवादीसँग एकता सम्भव देखिएन ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ०६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली