राष्ट्रपति पौडेलले गरे वसन्तपुर क्षेत्रको अवलोकन | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलले गरे वसन्तपुर क्षेत्रको अवलोकन


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् । सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गरेका थिए । 

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्राहलय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरेका । 

सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरब, तजेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचोक, त्रिशुलचोकलगायतका स्थानको अवलोकन गरेका थिए ।

सो क्रममा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वर्जाचार्य   काठमाडौं  महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ३५ बजे

सुदूरपश्चिमका नेताहरूलाई प्रचण्डले भने– आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्नुस् 

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एससीओका लागि विकास बैंकमा विस्तारित भूमिका बढाउने चिनियाँ राष्ट्रपति सीको चाहना

तियान्जिन- चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार तियानजिनमा आयोजित साङ्घाई सहयोग

पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथाङ्का–  लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका

कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

कञ्चनपुर– आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा

‘हर्ष’को दुई पोस्टर सार्वजनिक

काठमाडौं – एकता पौडेलको डेब्यू निर्देशनमा बनेको फिल्म ‘हर्ष’को दुई