करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु | Khabarhub Khabarhub

करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर जनाको मृत्यु भएको छ। आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार आइतबार राति साढे ९ बजे जाफिर खेतमा सिँचाइका लागि जडान गरिएको मोटर सञ्चालन गर्दै गर्दा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा आएर गम्भीर घाइते भएका थिए । 

उनलाई तत्कालै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, राति पौने ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिएका छन् ।

घटनाको जानकारी प्राप्त भएपछि रामपुरखाप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनास्थल रामपुरखाप प्रहरी चौकीबाट करिब २ किलोमिटर दक्षिणमा पर्दछ। मृतकको शव पोष्टमार्टमका लागि हाल गौर अस्पतालमै राखिएको छ। प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
 

रौतहटमा विद्युतीय करेन्ट लागेर गत आर्थिक वर्षमा २३ जनाको मृत्यु भएको थियो भने हालसम्म २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख गरिएको छ । –एजेन्सी

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ५२ बजे

नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहहरूबीच भएको भीषण झडपमा करिब

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

थाइल्यान्ड-कम्बोडियाबीचको शान्ति सम्झौता स्थगित

एजेन्सी– कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते

निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही नागरिक बञ्चित हुनुहुँदैन : स्वास्थ्यमन्त्री शर्मा 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले आधारभूत स्वास्थ्य सेवा

एन्फा र फुटबल खेलाडीको वार्ता भाँडियो

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फा र फुटबल खेलाडीको वार्ता