भारतद्वारा सोमालियालाई मानवीय सहायता प्रदान « Khabarhub

भारतद्वारा सोमालियालाई मानवीय सहायता प्रदान


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले अफ्रिकी मुलुक सोमालियालाई मानवीय सहायता प्रदान गरेको छ । भारतले सोमालियामा १० टन मानवीय सहायता सामग्री प्रदान गरेको हो ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारतको विदेश मन्त्रालयले यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सहायता सामग्रीमा आवश्यक औषधि, शल्यक्रिया सामग्री, अस्पतालका आवश्यक वस्तु र बायोमेडिकल उपकरण समावेश छन् ।

सहायता प्याकेजमा भारतीय झण्डा र ‘भारतका जनता र सरकारबाट उपहार’ लेखिएको छ । सोमालिया लामो समयदेखि आन्तरिक द्वन्द्व, जलवायु संकट र आर्थिक कठिनाइबाट प्रभावित रहँदै आएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सोमालियालाई हाल ला निनाले प्रभावित बनाएको छ । यस कारण सन् २०२५ को मध्यसम्म त्यहाँ खडेरी र खाद्य असुरक्षाको जोखिम छ ।

अहिले त्यहाँका करिब ६० लाख मानिसलाई तत्काल जीवन रक्षक सहायता आवश्यक छ । विश्वकै गरिब मुलुकको सूचीमा आउने सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ८ : ५१ बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक