बाढीले पुल भासिँदा आवतजावत ठप्प « Khabarhub

बाढीले पुल भासिँदा आवतजावत ठप्प


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिराडी र वडा नं १२ को सिक्रौन गाउँ जोड्ने मैनावती खोलाको पुल आज बाढीले भासिएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सो पुल भासिएसँगै सिक्रौन, निर्दना, भेडियालगायत गाउँबाट मिर्चैया आउजाउ गर्न समस्या परेको छ । स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रुपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो ।

वडा नं १२ का वडाध्यक्ष मनेलाल यादवले भने, “स्थानीयले पटकपटक विरोध गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरे । खोलाबाट जथाभावी बालुवा र माटो निकाल्दा आज यो अवस्था आयो ।”

करिब १५ वर्षअघि गरिबी निवारण कार्यक्रमअन्तर्गत निर्माण गरिएको सो पुल आसपासबाट खोला सफाइका नाममा जेसिबी प्रयोग गरी माटो उत्खनन गर्दा पुल जोखिममा परेको थियो । स्थानीयले यसबारेमा गुनासो गर्दै आएका थिए, तर नगरपालिकाले चासो नदिएको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ८ : ५७ बजे

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

किमाथांका– प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका

नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा ऊर्जामन्त्री श्रेष्ठको जोड

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूले कुल विद्यार्थी