ताइवान आसपास चिनियाँ सैन्य गतिविधिमा वृद्धि « Khabarhub

ताइवान आसपास चिनियाँ सैन्य गतिविधिमा वृद्धि


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले आफ्नो क्षेत्र आसपास चिनियाँ सैन्य गतिविधिमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय चिनियाँ जनमुक्ति सेनाका २६ वटा लडाकु विमान, ७ वटा नौसैनिक युद्धपोत र एक पानी जहाज ताइवान वरपर देखिएका छन् ।

यीमध्ये २४ वटा विमानले मध्यरेखा पार गरी ताइवानको उत्तरी र दक्षिणपश्चिमी वायु रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए । मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यी गतिविधिको निगरानी गरेको र उपयुक्त प्रतिक्रिया दिएको बताएको छ ।

ताइवान आसपास हालैका महिनाहरूमा चिनियाँ सैन्य गतिविधिमा वृद्धि भएको छ । गत अप्रिल महिनामा चीनका ७० विमान र १५ युद्धपोतको गतिविधि रेकर्ड गरिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : ०९ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले