उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु « Khabarhub

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको आदेशपछि कारागारमुक्त भएका छन्। कारागारमुक्त भएसँगै उनले सोमबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै साथ, सहयोग र हौसलाका लागि देश–विदेशमा रहेका नेपालीप्रति आभार व्यक्त गरेका छन्।

‘जिल्ला अदालतको आदेशले कारागार चलान हुँदा पनि म आदेशलाई शिरोपर गर्दै खुशी साथ कारागार गएको थिएँ’ उनले लेखेका छन्, ‘आज उच्च अदालतको आदेशबाट रिहा हुँदा पनि म देश निर्माणको भावी योजनाका साथ घर फर्किदैछु।’

उनले अदालतप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्‘न्याय मरेको छैन भन्ने आभाष दिलाउनु हुने समस्त श्रीमानहरू सहित अदालत परिवारलाई हार्दिक धन्यवाद ।’

कारागार बसाइलाई सहज रूपमा स्वीकारेको जनाउँदै प्रसाईंले कारागारलाई पनि घरसरह मानेको उल्लेख गरेका छन्। ‘सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन,’ उनले लेखेका छन्।

प्रसाईंले कारागार प्रशासन, नेपाल प्रहरी, तथा जेलमा रहेका साथीहरूको सहयोगप्रति पनि आभार प्रकट गरेका छन्। साथै, देशका लागि निरन्तर क्रियाशील रहने प्रण दोहोर्‍याउँदै उनले भनेका छन्, ‘म मेरो लागि होइन, देशकै लागि थिएँ, छु र रहिरहनेछु। तरिका र शैली बदलिन सक्छ, तर स्वभाव परिवर्तन हुँदैन।’

प्रसाईंलाई जेठ ३० गते जिल्ला अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको थियो। तर उच्च अदालतले विभिन्न फरक मुद्दामा उनीमाथिको मुद्दामा २८ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै उनी सोमबार जेलमुक्त भएका छन्।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : २४ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव