रूसमा नयाँ सवारीसाधनको बिक्री २५ प्रतिशत घट्यो « Khabarhub

रूसमा नयाँ सवारीसाधनको बिक्री २५ प्रतिशत घट्यो


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार सन् २०२५ को जनवरीदेखि अगस्ट महिनासम्म देशभित्र नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशतको गिरावट आएको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा जम्मा ८ लाख ७७ हजार ६ सय नयाँ सवारीसाधन बिक्री भएका छन्, जसमा यात्रु बोक्ने सवारी, हल्का व्यवसायिक सवारी, ठूलो मालबाहक सवारी र यात्रुवाहक ठूला सवारी समावेश छन् ।

देशमै निर्माण भएका नयाँ सवारीसाधनको बिक्री ६ प्रतिशतले घट्दै चार लाख ८३ हजारमा झरेको देखिएको छ ।

विशेष रूपमा हेर्दा, यात्रु सवारीको बिक्री २३ प्रतिशतले घटेर ७ लाख ६८ हजार २ सय पुगेको छ । त्यस्तै, हल्का व्यवसायिक सवारीको बिक्री २१ प्रतिशतले घटेर ६६ हजार ४ सयमा झरेको छ ।

मालबाहक सवारीको बिक्री झन् धेरै घट्दै ५६ प्रतिशतको गिरावटसहित ३५ हजार ९ सय ६० मा सीमित भएको छ। ठूला यात्रुवाहक सवारीको बिक्री पनि ४९ प्रतिशतले घट्दै ७ हजारमा झरेको छ ।

अगस्ट महिनाको मात्र कुरा गर्दा, गत वर्षको सोही महिनाको तुलनामा नयाँ सवारीसाधनको बिक्री २१ प्रतिशतले घट्दै १ लाख ३५ हजार ५ सयमा पुगेको छ । यद्यपि, अघिल्लो महिनाको तुलनामा भने बिक्री एक प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : ५६ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक