संसदीय समितिद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निर्माण कार्यप्रति असन्तुष्टि « Khabarhub

संसदीय समितिद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निर्माण कार्यप्रति असन्तुष्टि


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले निर्माणाधीन नयाँ संसद् भवनको निर्माण  कार्यप्रति असन्तुष्टि जनाएको छ ।  

बिहीबार संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद् भवनको आकस्मिक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो ।

अनुगमनका क्रममा सरकारले उपलब्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति सभापति ठाकुर प्रसाद गैरेले जानकारी दिए ।

अहिलेको अवस्था हेर्दा पछिल्लो पटक म्याद थप भएको पुस १६ गतेभित्र पनि निर्माण सम्पन्न हुने संकेत नदेखिएको उनले बताए  । सभापति गैरेले समितिलाई सरकारको तर्फबाट प्रदान गरिएको रिपोर्ट अनुरुपको काम नभएको जिकिर गरे । 

यस विषयमा छिटै समितिको बैठक बस्ने र तोकिएको क्यालेन्डर अनुसार काम नभएको प्रति छलफल गरेर आवश्यक निर्देशन दिने उनको भनाइ छ । 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : २४ बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने