नेपाल-अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री   « Khabarhub

नेपाल-अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री  


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताएकी छन् । 

संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुईवटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न बिहीबार आयोजित समारोहमा मन्त्री डा. राणाले उक्त सहयोग नेपाल र अमेरिका बीचको दिगो मित्रता र सहकार्यको प्रतीक हो भनिन्। 

अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको पनि स्पष्ट पारिन्। उनले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व र मानव सेवाको उद्देश्यमा समर्पित रहेको बताउँदै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद ज्ञापन गरिन् ।

मन्त्री डा. राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति र सुरक्षाप्रति अटुट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरिन्।

त्यस समारोहमा परराष्ट्र मन्त्री डा. राणा, रक्षामन्त्री मानवीर राइ र प्रधान सेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गरेका थिए । ती स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : २९ बजे

हटेन रसुवागढीको हैरानी : नेपाली कन्टेनर चालकले चीन प्रवेश अनुमति पाएनन्

काठमाडौं- रसुवा नाका हुँदै चीनको केरुङबाट सामान ढुवानी गर्नेबारे नेपाल

निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी माघ २२ मा बस्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र

मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा