राप्रपाले माग्यो जीएसआईमा नेपालले सहमति जनाएको विषयमा प्रधानमन्त्रीको जवाफ « Khabarhub

राप्रपाले माग्यो जीएसआईमा नेपालले सहमति जनाएको विषयमा प्रधानमन्त्रीको जवाफ


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा नेपालले सहमति जनाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ ।  

प्रतिनिधि सभाको बिहीबारको बैठकको आकस्मिक समयमा महामन्त्री डा. धवल शमशेर राणाले पार्टीका तर्फबाट प्रधानमन्त्री ओलीको जवाफ माग गरेका हुन् । 

‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू चाइना भ्रमणमा जाँदा चाइनिज मिडियामा नेपालले ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा सहमति जनाएको भन्ने कुरा आयो,’ उनले भने, ‘यो कुरा हाम्रो असंलग्न नीति, हामीले बोकेको नन एलाइन्मेन्ट नीतिबाट फरक हो । यस्तो कुरा भएको छ भने नेपाललाई आउने दिनमा घातक हुन सक्ने स्थिति छ । यो कुरालाई सदनको अगाडि आएर प्रष्ट भन्नु पर्‍यो  ।’ किन कि हाम्रो परराष्ट्र नीतिबाट अलग जान लाग्यौँ, फरक हामीले कुरा राख्न लाग्यौँ भने यो सदनले जानकारी पाउनुपर्छ ।’

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : २९ बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने