उत्तर प्रदेशमा नेपाली नागरिक आउने क्रम बढेको भन्दै भारतले ल्यायो नयाँ नियम « Khabarhub

उत्तर प्रदेशमा नेपाली नागरिक आउने क्रम बढेको भन्दै भारतले ल्यायो नयाँ नियम


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले अध्यागमनसँग सम्बन्धित नयाँ नियम जारी गरेको छ । भारतको गृह मामिला मन्त्रालयले ‘अध्यागमन तथा विदेशी ऐन २०२५’ जारी गरेको हो ।

नयाँ नियम गत सेप्टेम्बर १ देखि लागू भएको टाइम्स अफ इन्डियाले जनाएको छ । यस ऐनले अध्यागमन ब्यूरो (बीओआई) लाई थप अधिकार प्रदान गरेको छ ।

ब्यूरोले अब ठगी नियन्त्रण गर्न, राज्यका अधिकारीलाई गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न र केन्द्रीय डेटाबेस राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ नियमले नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका जिल्लाहरु पिलभित, लखिमपुर खेरी, बलरामपुर, सर्वस्ती, सिद्धार्थनगर र महाराजगञ्जमा बढिरहेको आप्रवासन रोक्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो समय उत्तर प्रदेशमा रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र व्यापारका लागि नेपाली नागरिकहरु आउने क्रम बढ्दै गएको दाबी गरिएको छ ।

अधिकारीहरुले खुला सीमाले गर्दा असामाजिक तत्वहरु, गैरकानुनी आप्रवासी, विदेशी जासुसको जोखिम बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । नयाँ नियममा नेपाली नागरिक र गैरआवासीय भारतीयसहित सबै विदेशी नागरिकलाई फाराम भर्नुपर्ने व्यवस्था गरिएको समाचारमा जनाइएको छ ।

होटेल, अस्पताल, नर्सिङ होम, विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरुले विदेशी पाहुना वा विद्यार्थीको विवरण राख्नुपर्नेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ४२ बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले