भारत जाने नेपाली र भुटानी नागरिकले यी दस्तावेज बोक्नैपर्ने « Khabarhub

भारत जाने नेपाली र भुटानी नागरिकले यी दस्तावेज बोक्नैपर्ने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको केन्द्र सरकारले भारत प्रवेश गर्ने भुटानी र नेपाली नागरिकलाई भिसा वा राहदानी नचाहिने प्रष्ट पारेको छ । नयाँ निर्देशन जारी गर्दै केन्द्र सरकारले हवाइ वा स्थलमार्गबाट भारत प्रवेश गर्ने नेपाली वा भुटानी नागरिकलाई राहदानी वा भिसा नचाहिने प्रष्ट्याएको हो ।

यद्यपि भारत प्रवेश गर्ने नेपाली र भुटानी नागरिकले आफ्नो देशको राहदानी वा नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्र वा आवश्यक परेको खण्डमा भारतस्थित आफ्नो देशको नियोगमा काम गरेको फोटो परिचयपत्र वा १० देखि १८ वर्षका बालबालिकाको हकमा विद्यालयका प्राध्यापकले जारी गरेको परिचयपत्र देखाउनु आवश्यक रहेको जनाइएको छ ।

त्यसबाहेक सीधै आफ्नो देशबाहेक तेस्रो देशबाट भारत प्रवेश गर्ने नेपाली र भुटानी नागरिकले अनिवार्य राहदानी बोक्नुपर्ने नयाँ नियममा प्रष्ट्याइएको छ । नयाँ नियम भारतमा बसोबास गरिरहेका तिब्बती नागरिकको हकमा पनि लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ५१ बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले