भारत जाने नेपाली र भुटानी नागरिकले यी दस्तावेज बोक्नैपर्ने « Khabarhub

भारत जाने नेपाली र भुटानी नागरिकले यी दस्तावेज बोक्नैपर्ने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको केन्द्र सरकारले भारत प्रवेश गर्ने भुटानी र नेपाली नागरिकलाई भिसा वा राहदानी नचाहिने प्रष्ट पारेको छ । नयाँ निर्देशन जारी गर्दै केन्द्र सरकारले हवाइ वा स्थलमार्गबाट भारत प्रवेश गर्ने नेपाली वा भुटानी नागरिकलाई राहदानी वा भिसा नचाहिने प्रष्ट्याएको हो ।

यद्यपि भारत प्रवेश गर्ने नेपाली र भुटानी नागरिकले आफ्नो देशको राहदानी वा नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्र वा आवश्यक परेको खण्डमा भारतस्थित आफ्नो देशको नियोगमा काम गरेको फोटो परिचयपत्र वा १० देखि १८ वर्षका बालबालिकाको हकमा विद्यालयका प्राध्यापकले जारी गरेको परिचयपत्र देखाउनु आवश्यक रहेको जनाइएको छ ।

त्यसबाहेक सीधै आफ्नो देशबाहेक तेस्रो देशबाट भारत प्रवेश गर्ने नेपाली र भुटानी नागरिकले अनिवार्य राहदानी बोक्नुपर्ने नयाँ नियममा प्रष्ट्याइएको छ । नयाँ नियम भारतमा बसोबास गरिरहेका तिब्बती नागरिकको हकमा पनि लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ५१ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा