रणवीर सिंहसहित डन ३ मा अमिताभ बच्चन र शाहरुख खानको सम्भावित प्रवेश « Khabarhub

रणवीर सिंहसहित डन ३ मा अमिताभ बच्चन र शाहरुख खानको सम्भावित प्रवेश


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित निर्देशक फरहान अख्तरले निर्देशन गर्ने बहुप्रतिक्षित फिल्म डन ३ पछिल्ला महिनादेखि निरन्तर चर्चामा रहेको छ । 

तेस्रो भागमा रणवीर सिंहलाई शीर्ष भूमिकामा देखाइने घोषणा भइसकेको भए पनि, फिल्मको कास्टिङसम्बन्धी विभिन्न अटकलहरूले प्रशंसकलाई झन् रोमाञ्चित बनाइरहेका छन् ।

हालै लोकप्रिय कलाकार कियारा आडवाणी र विक्रान्त मेसी फिल्मबाट बाहिरिएको खबर सार्वजनिक भएपछि अभिनेत्री कृति सेनन महिला मुख्य पात्रका रूपमा देखिने चर्चा सुरु भएको थियो । 

यस्तैमा भारतीय मिडियाको रिपोर्ट अनुसार सन् १९७८ मा प्रदर्शनमा आएको फिल्म ‘डन’ मा अभिनय गरेका चर्चित अभिनेता अमिताभ बच्चन र सन् २०११ मा प्रदर्शनमा आएको फिल्म ‘डन २’ मा डन बनेका शाहरुख खानलाई समेत ‘डन ३’ मा सहभागी हुन प्रस्ताव गरिएको बताइएको छ ।

यसअघि पनि  ‘डन ३’ को कास्टिङलाई लिएर विभिन्न हल्लाहरू बाहिरिएका थिए। निर्देशक फरहान अख्तरले अभिनेत्री प्रियंका चोपड़ा जोनसलाई सम्पर्क गरेको भनाइ आएको थियो भने शाहरुख खानको पुनरागमनबारे पनि चर्चा चल्दै आएको छ । 

केही महिनाअघि अर्का कलाकार विक्रान्त मेसीले फिल्म छोडेको पुष्टि गरेका थिए, त्यसपछि आशिकी फिल्मका अभिनेता आदित्य रोय कपूर र तेलुगु कलाकार विजय देवरकोंडालाई खलनायकको भूमिकामा विचार गरिएको बताइएको छ ।

हालसम्म निर्माता वा कलाकारहरूले कुनै आधिकारिक टिप्पणी नगरे पनि, ‘डन ३’ सम्बन्धी यी अपडेटहरूले प्रशंसकको उत्साह बढाएको छ। तीन पुस्ताका तीन डनहरू एउटै पर्दामा देखिने सम्भावना मात्रले पनि बलिउडका दर्शकलाई निकै रोमाञ्चक बनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  २ : ४१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५