शिक्षक बोहराको काज सरुवा रोक्न उच्च अदालत विराटनगरको अन्तरिम आदेश जारी  « Khabarhub

शिक्षक बोहराको काज सरुवा रोक्न उच्च अदालत विराटनगरको अन्तरिम आदेश जारी 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित कोशी माविका शिक्षक वालकृष्ण बोहराको काज सरुवा गर्ने निर्णयका विरुद्ध उच्च अदालत विराटनगरले कारण देखाउ अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

काज सरुवा गर्ने सम्बन्धी निर्णय र कागजातहरूको प्रतिलिपि साथै लिई छलफलमा उपस्थित हुन विपक्षीका नाममा उच्चले आदेश गरेको हो । 

न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले उत्प्रेषणयुक्त परमादेश जारी गर्दै वराहक्षेत्र नगरपालिकाले गरेको निर्णयमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने आधार र कारण भए प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षीहरूको हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु भनेको छ । 

उच्चले आगामी भदौ २३ छलफलका लागि पेशी तोकेको छ । पेशीका दिन निवेदकलाई काज सरूवा गर्ने सम्बन्धी निर्णय र कागजातहरूको प्रतिलिपि साथै लिई छलफलमा उपस्थित हुन उच्चले आदेश गरेको छ । 

शिक्षकको सरुवा गर्ने निर्णय भएको सूचना बाहिरिएपछि विद्यार्थी र अभिभावक आन्दोलित भएका थिए । आइतबार विद्यार्थीले शिक्षक वालकृष्ण बोहोराको सरुवा गर्न नहुने भन्दै विद्यालय परिसरमा नाराबाजी गरे । यस्तै अभिभावकले समेत शिक्षक बोहोराको काज सरुवा अविलम्ब बदर गरी नियमित कामकाज गर्ने वातावरण तयार गर्न ज्ञापनपत्र बुझाएका छन् । 

शिक्षक बोहोराले ‘फेसबुक स्टाटस’ मा कसैको नाम उल्लेख नगरी  ‘२-३ वटी श्रीमती बिहे गरेका मेयर र वडाअध्यक्षहरूले कार्यक्रम पिच्छे पालैपालो श्रीमतीहरूलाई लगेर कार्यक्रममा प्रत्येकलाई प्रथम महिला भन्दै सम्बोधन गरेको सुन्छु। खासमा प्रथम महिला भनेको को हो ?’ भन्दै स्टाटस लेखेका थिए  । 

गत शुक्रबार ‘फेसबुक स्टाटस’ लेखेका शिक्षक बोहोरालाई शनिबार बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले इलाका प्रहरी कार्यालयमा झिकाई ‘झाँको झारेका’ थिए ।

शिक्षक बोहोराका अनुसार नगर प्रमुख कार्कीले इलाका प्रहरी कार्यालयका प्रमुखकै अगाडि तथानाम भन्दै ‘स्टाटस डिलेट’ गर्न लगाएको बताए । ुमेरो स्टाटसले कसैको मानमर्दन भएको वा गालीबेइज्जती ठहरिएको भए साइबर क्राइम को मुद्दा लगाउन  प्रहरीसामु नै आग्रह गरेको थिएँ । तर मेयरले प्रहरीसामु नै गाली बेइज्जती गर्दै स्टाटससमेत डिलेट गर्न लगाए ।’ शिक्षक बोहोराले भने । 

नगर प्रमुख कार्कीले सूर्यकुण्ड सरुवा गर्ने धम्की दिएको समेत शिक्षक बोहोराले बताए । नगर प्रमुखले धम्की दिएको भोलिपल्टै शिक्षा समितिले शिक्षक बोहोराको नगरको पहाडी क्षेत्रमा पर्ने सूर्यकुण्डमा काज सरुवा गरेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ३८ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्