शिक्षक बोहराको काज सरुवा रोक्न उच्च अदालत विराटनगरको अन्तरिम आदेश जारी  « Khabarhub

शिक्षक बोहराको काज सरुवा रोक्न उच्च अदालत विराटनगरको अन्तरिम आदेश जारी 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित कोशी माविका शिक्षक वालकृष्ण बोहराको काज सरुवा गर्ने निर्णयका विरुद्ध उच्च अदालत विराटनगरले कारण देखाउ अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

काज सरुवा गर्ने सम्बन्धी निर्णय र कागजातहरूको प्रतिलिपि साथै लिई छलफलमा उपस्थित हुन विपक्षीका नाममा उच्चले आदेश गरेको हो । 

न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले उत्प्रेषणयुक्त परमादेश जारी गर्दै वराहक्षेत्र नगरपालिकाले गरेको निर्णयमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने आधार र कारण भए प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षीहरूको हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु भनेको छ । 

उच्चले आगामी भदौ २३ छलफलका लागि पेशी तोकेको छ । पेशीका दिन निवेदकलाई काज सरूवा गर्ने सम्बन्धी निर्णय र कागजातहरूको प्रतिलिपि साथै लिई छलफलमा उपस्थित हुन उच्चले आदेश गरेको छ । 

शिक्षकको सरुवा गर्ने निर्णय भएको सूचना बाहिरिएपछि विद्यार्थी र अभिभावक आन्दोलित भएका थिए । आइतबार विद्यार्थीले शिक्षक वालकृष्ण बोहोराको सरुवा गर्न नहुने भन्दै विद्यालय परिसरमा नाराबाजी गरे । यस्तै अभिभावकले समेत शिक्षक बोहोराको काज सरुवा अविलम्ब बदर गरी नियमित कामकाज गर्ने वातावरण तयार गर्न ज्ञापनपत्र बुझाएका छन् । 

शिक्षक बोहोराले ‘फेसबुक स्टाटस’ मा कसैको नाम उल्लेख नगरी  ‘२-३ वटी श्रीमती बिहे गरेका मेयर र वडाअध्यक्षहरूले कार्यक्रम पिच्छे पालैपालो श्रीमतीहरूलाई लगेर कार्यक्रममा प्रत्येकलाई प्रथम महिला भन्दै सम्बोधन गरेको सुन्छु। खासमा प्रथम महिला भनेको को हो ?’ भन्दै स्टाटस लेखेका थिए  । 

गत शुक्रबार ‘फेसबुक स्टाटस’ लेखेका शिक्षक बोहोरालाई शनिबार बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले इलाका प्रहरी कार्यालयमा झिकाई ‘झाँको झारेका’ थिए ।

शिक्षक बोहोराका अनुसार नगर प्रमुख कार्कीले इलाका प्रहरी कार्यालयका प्रमुखकै अगाडि तथानाम भन्दै ‘स्टाटस डिलेट’ गर्न लगाएको बताए । ुमेरो स्टाटसले कसैको मानमर्दन भएको वा गालीबेइज्जती ठहरिएको भए साइबर क्राइम को मुद्दा लगाउन  प्रहरीसामु नै आग्रह गरेको थिएँ । तर मेयरले प्रहरीसामु नै गाली बेइज्जती गर्दै स्टाटससमेत डिलेट गर्न लगाए ।’ शिक्षक बोहोराले भने । 

नगर प्रमुख कार्कीले सूर्यकुण्ड सरुवा गर्ने धम्की दिएको समेत शिक्षक बोहोराले बताए । नगर प्रमुखले धम्की दिएको भोलिपल्टै शिक्षा समितिले शिक्षक बोहोराको नगरको पहाडी क्षेत्रमा पर्ने सूर्यकुण्डमा काज सरुवा गरेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ३८ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको