एमालेको सचिवालय बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन पास हुने  « Khabarhub

एमालेको सचिवालय बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन पास हुने 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । 

पार्टी कार्यालय च्यासल ललितपुरमा बैठक सुरु भएको हो । आजको बैठकमा भोलिबाट ललितपुरमा हुने विधान महाधिवेशनबारे छलफल हुने छ । 

विधान महाधिवेशनमा प्रस्तुत हुने तीन वटा फरक दस्ताबेजलाई सचिवालय बैठकले अन्तिम रूप दिएर पास गर्ने छ । बैठकमा अधिकांश सचिवालयका नेताहरू उपस्थित छन् । 

विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंखर पोखरेलले संगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने छन् । 

आजको बैठकमा वरिष्ठ उपाध्यक्षले फरक दस्ताबेज ल्याउन लागेको विषयमा पनि चर्चा हुने देखिन्छ । यो बैठक निकै पेचिलो बन्ने एमाले नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ४७ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता